अदालतले प्रम ओलीको असंवैधानिक कदमलाई खारेज गर्छ : गगन थापा



पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाली कांग्रेसका नेता गगन थापाले संसद् पुनस्थापना हुने बताउनुभएको छ ।नेपाल तरुण दल मध्यपुर थिमि नगर समितिले आज आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सर्बोच्च अदालतले संविधान पल्टाएर हेर्ने र संसद् पुनस्थापना गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।

संबिधानले ५ बर्ष अघि संसद बिघटन हुन्छ भन्ने कल्पनै नगरेको बताउँदै संसद भंग गरेर प्रम ओलीले असंबैधानिक र अनधिकृत काम गरेको बताउनुभयो ।नेकपाभित्रको अन्तरकलहले नेकपा बिघटन भए पनि त्यसको भार संसद र जनतामा पार्न नहुनेमा जोड दिंदै देशलाई संबैधानिक संकटबाट पार लगाउने जिम्मा काँग्रेसको काँधमा आएको बताउनुभयो ।

राष्ट्रपति बिद्यादेबी भण्डारी प्रधानमन्त्रीको गलत कदममा साथ दिने गिरोहको सदस्य जस्तो मात्र भएको उहाँको आरोप थियो ।देश अहिले प्रधानमन्त्री र राष्ट्रपतिको संयुक्त गिरोहले चालेको गलत कदमका कारण संमृद्धिको साटो संकटमा फसेको बताउनुभयो ।

अहिलेको संबैधानिक संकटको जिम्मेवार नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड,माधब नेपाल,झलनाथ खनाल र बामदेब गौतम पनि भएको बताउँदे हिजो केपीओलीले जनताका हक कुण्ठित र हनन गर्दा उहाँहरु कहाँ हुनुहुन्थ्यो भनी प्रश्न गर्नुभयो ।

९ महिनासम्म सुरक्षाको कारण देखाएँदै संसद जान नसक्ने कायर प्रधानमन्त्री अहिले जोक गर्दै देश दौडाहामा निस्कीएको थापाले बताउनुभयो ।प्रधानमन्त्री केपी शर्मा ओलीको संसद भंग गर्ने कदमलाई संविधानले चिन्दैन भन्दै उहाँले देश जनताले अहिले न्यायालयतर्फ फर्किएर हेरेको बताउनुभयो ।उहाँले भन्नुभयो,‘श्रीमानहरुले दायाँबायाँ हेर्नुपर्दैन, संविधान पल्टाएर हेरे पुग्छ,राष्ट्रपति र प्रधानमन्त्रीले सम्मान गुमाएको अवस्थामा अब अदालतले गुमाउनु हुँदैन।’

उहाँले अदालतमाथि प्रधानमन्त्रीले दबाब सिर्जना गर्न कसरी निर्णय उल्टिन्छ भनेर बोलिरहनुभएको आरोप लगाउनुभयो ।उहाँले शाही आयोग खारेज गरेको अदालत प्रधानमन्त्रीसँग डराउँदैन भन्नेमा आफू विश्वस्त रहेको भन्दै अब केही दिनको बहस पछि अदालतले ओलीको असंवैधानिक कदमलाई खारेज गर्ने बताउनुभयो ।

नेता थापाले संसद् पुनस्थापनापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई घर पठाइने बताउनुभयो ।थापाले देश ढिलो चाँडो निर्वाचनमा जाने तर संसद्कै बाटोबाट निर्वाचन हुने र संविधानलाई ट्रयाकमा ल्याउने ताकत कांग्रेससँग भएको बताउनुभयो ।
कांग्रेसले अदालतको निर्णय नपर्खिएको जिकिर गर्दै कांग्रेसले संसद बिघटन अधिनायकवादी र असंवैधानिक काम हो भनेर निर्णय गरिसकेको बताउनुभयो ।

अहिलेको अवस्थामा मुलुक आइपुग्नुमा ओली मात्रै नभर सिंगो नेकपा दोषी भएको थापाको भनाइ छ । थापाले संविधानमाथी कु हँुदा चुईक्क सम्म नबालेर पूर्व सभामुख सुवासचन्द्र नेवाङ्गले निरहता प्रकट गरेको आरोप लगाउनु भयो ।

उहाँले नेकपाले स्वाधीनताको नारा लगाउने गरेको भए पनि मुलुक विदेशीहरुको खेल्ने ठाउँ बन्न पुगेको बताउनुभयो ।नेकपाकै कारण चीन, भारत र अमेरिकाले नेपालमा फुटबल खेलिरहेका छन् भन्दै नेकपा नेतृत्वको सरकारबाट समृद्धि ,स्थिरता र स्वाधीनता संभब नभएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कांग्रस केन्द्रीय सदस्य रमा पौडेल,जिल्ला सभपति दुर्लभ थापा,तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत,पुर्ब जिल्ला सभापतिद्धय गणेशमान चक्रधर र महेश श्रेष्ठ,क्षेत्रीय सभापति द्धय नारायण खायमली र जीवन खत्री ,मथिनपाका पुर्व मेयर मदनकृष्ण श्रेष्ठ लगायका नेताले प्रम ओलीको सनकले देश संकटमा फसेको भन्दै पार लगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्