गणतन्त्रका लागि ५० वर्षअघि मैदानमा उत्रिँदा १४ वर्ष जेल बसे, अरू कोही थियो ? : प्रम ओली



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रका लागि आफू ५० वर्षअघि मैदानमा उत्रिँदा १४ वर्ष जेल बसेको बताएका छन् । शुक्रबार धनगढीमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । ‘अहिले देशमा अलिकति संकटजस्तो स्थिति देखापरेको छ। गणतन्त्र, लोकतन्त्र, संघीयता, संविधान जाने भयो भनेर केही सडकमा कराइरहेका छन्’, उनले भने, ‘५० वर्षअघि गणतन्त्रका लागि मैदान उत्रिने अरू कोही थियो र ? गणतन्त्रका लागि ५० वर्षअघि मैदानमा उत्रिँदा १४ वर्ष जेल बसेको मै हुँ।’

यस्तै, आफूले सधै जनताको हितमा काम गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भारतीय नाकाबन्दीमा जनताले साथ दिएको बताए । नाकाबन्दीको समयालाई स्मरण गर्दै ओलीले भने ‘भारतले लगाएको नाकाबन्दीको विरुद्ध लडेँ, तपाईँहरुले साथ दिनुभयो। तीनतिर बाटो खोल्यौं, नाका खोल्यौं’, उनले भने, ‘अहिले मुस्ताङबाट जाने नाका खोल्दैछौं।हुम्लाको सदरमुकाम सिमिकोटमा आगामी आर्थिक वर्षभित्र बाटो पुर्याउँछौं।’

यस्तै, हाल देशको राजनीतिमा देखिएको बदलाव नेपालको नयाँ नक्साकै कारण भएको ओलीले बताए । नयाँ नक्सा जारी गरेसँगै केही नेतालाई छटपटी भएको ओलीले बताएका छन् । ‘भारतले हडपेको भूमि समेटेर नक्सा जारी गर्दा हाम्रै केी नेताहरुलाई छटपटी भयो, अहिले राष्ट्रिय राजनीतिमा आएको हलचल क्सा छापेको कारण हो’, उनले भने, ‘नक्कली राष्ट्रवादी, पदका लागि लड्नेहरु, पद पाएका बेला खुशी हुनेहरु विरुद्धमा लागे।’

प्रतिक्रिया दिनुहोस्