जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री धनगढीमा



धनगढी । जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार कैलालीको धनगढी आइपुग्नु भएको छ । काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज चढेर प्रधानमन्त्री ओली धनगढी आइपुग्नभएको हो ।

प्रधानमन्त्री ओलीले आज धनगढीको खुलामञ्चमा आयोजना हुने प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।

प्रतिनिधि सभा भंग गरेपछि पहिलोपटक प्रधानमन्त्री ओली काठमाडौं उपत्यकाबाहिर गएका हुन्। प्रधानमन्त्री ओली धगनढी पुग्नुअगावै प्रचण्ड माधव समूहले ओलीविरुद्ध प्रदर्शन गरेको छ । केही ठाउँमा टायर बालेर प्रदर्शन समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्