धनगढीमा ओलीविरुद्ध प्रचण्ड–नेपाल समुहका विद्यार्थीले जलाए टायर



धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनका लागि मञ्च बनाइएको खुल्लामञ्चनजिक प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियुका कार्यकर्ताले टायर बालेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत अनेरास्ववियुले प्रधानमन्त्रीको विरोधस्वरुप टायर बालेको हो।ओलीलाई ६ ठाउँमा कालोझण्डा देखाउने कार्यक्रम रहेको अनेरास्ववियुका एक नेताले बताए। प्रधानमन्त्री आउने भएपछि धनगढीको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रधानमन्त्री ओली नेकपाको आफ्नो पक्षको सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न धनगढी आउँदैछन्।

प्रतिक्रिया दिनुहोस्