पुकोभस्कीद्वारा डेब्युमै अर्धशतक प्रहार



मेलबर्न, (एजेन्सी)
अस्टे«लिया क्रिकेट टिमका ओपनर विल पुकोभस्कीले डेब्यु टेस्टमै अर्धशतक प्रहार गरेका छन् ।
भारतविरुद्धको तेस्रो टेस्टको पहिलो दिनमा युवा ब्याटस्म्यान पुकोभस्कीले ६२ रन बनाएका हुन् । उनलाई भारतकै डेब्यु गरेका बलर नवदीप साइनीले एलबीडब्ल्यूको धरापमा पारेर पभेलियन फर्काएका हुन् । उनी ओपनरमा डेभिड वार्नरसँग ओपनिङ ब्याटिङमा आएका हुन् । वार्नर ५ रन बनाएर मोहम्मद सिराजको बलमा आउट भए पनि पहिलोपटक टेस्ट खेल खेलेका पुकोभस्कीले अस्टे«लियालाई निराश पारेनन् ।
पुकोभस्कीले मार्नस लाबुसचाग्नेसँग १ सय रनको साझेदारी गरेर पभेलियनको बाटो लागेका थिए । यद्यपि, उनी २६ र ३२ रनमा हुँदा भारतीय विकेटकिपर रिषभ पन्तले ‘क्याच ड्रप’ गरेका थिए । त्यसपछि लाबुसचाग्ने र स्टिभ स्मिथले टिमलाई थप विकेट पतन हुन दिएनन् । उनीहरूले तेस्रो विकेटका लागि अटुट ६० रनको साझेदारी गरिसकेका छन् ।
पहिलो दिनको खेल समाप्ति हुँदासम्म घरेलु टिम अस्टे«लियाले २ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको छ । क्रिजमा लाबुसचाग्ने र स्मिथ रहेका छन् । लाबुसचाग्ने ६७ रनमा नटआउट छन् भने स्मिथ ३१ रनमा नटआउट छन् । स्मिथले पहिलो टेस्टमा शतक प्रहार गरे भने दोस्रो टेस्टमा उनको ब्याटिङ फ्लपसिद्ध भएको थियो ।
चार टेस्टको सिरिज १–१ बराबरीमा रहेको छ । पहिलो टेस्ट घरेलु टिम अस्टे«लियाले जित्यो भने दोस्रो टेस्टमा भारतले शानदार पुनरागमन गर्दै जित हात पारेको थियो । सिड्नीमा तेस्रो टेस्ट जारी छ । यो टेस्ट जित्ने टिम सिरिजमा हारबाट जोगिने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्