के तपाईलाई थाहा छ ? कति बेला नुहाउँदा राम्रो हुन्छ 



काठमाडौं ।

कति बेला नुहाउँदा राम्रो होला, बिहान वा बेलुका रु पहिलो पटक सुन्दा यो निकै साधारण प्रश्न लाग्ला । तर जब तपाईं यो प्रश्न आफ्ना परिचितलाई सोध्नुहुन्छ, यसको भिन्न उत्तर पाउनुहोला । कतिले राती नुहाउनु राम्रो भन्लान् कतिले भने बिहान । नुहाउने समय स्थितिमा निर्भर हुन्छ । जस्तै तपाईंको छालाको प्रकार, तपाईंको कामको प्रकार र तपाईं कति प्रदुषण वा धुलोसँगको सम्पर्कमा आउनुहुन्छ । तपाईंले नुहाउने सही तरिकालाई यसरी छान्नुहोस् ।

तपाईंले बिहान नुहाउनुपर्छ:

यदि तपाईंको छाला चिल्लो छ भनेः विशेषज्ञका अनुसार चिल्लो छाला भएका मानिसहरुले बिहान नुहाउँदा फाइदा हुन्छ । यसो गर्दा छाला राम्रो हुन्छ ।

जो बिहान दाह्री काट्छन्ः

पुरुषका लागि दाह्री काट्ने सबैभन्दा राम्रो समय नुहाउने बेला वा नुहाइसकेपछि हुन्छ । नुहाउँदा दाह्री नरम हुन्छ जसका कारण काट्न सजिलो हुन्छ । त्यसकारण जो पुरुष बिहान दाह्री काट्छनु भने उनीहरुले बिहान नै नुहाउँदा राम्रो हुन्छ ।

जो चाँडै उठ्छन् :

जो व्यक्ति बिहान चाँडै उठ्छन्, उनीहरुले बिहान नै नुहाउँदा राम्रो हुन्छ । तर स्नूज बटनको अत्यधिक प्रयोग गर्नेहरुका लागि यो आइडिया राम्रो होइन ।

यदि तपाईंलाई राती धेरै पसिना आउँछ भने:

जसलाई राती धेरै पसिना आउँछ भने तपाईंले बिहान नुहाउँदा राम्रो हुन्छ तर जसले राती सुत्नुअघि नुहाउँछन् र धेरै पसिना आउँदैन भने उनीहरुले बिहान नुहाउन आवश्यक छैन ।

तपाईंले राती नुहाउनुपर्छ यदि ;

थुप्रै मानिसलाई राती सुत्नुअघि नुहाउनु आरामदायी र सजिलो लाग्छ । यद्यपि, केही अनुसन्धानका अनुसार राती नुहाउनुको अर्थ तपाईंको शरीरको तापक्रममा परिवर्तन हुनसक्छ जसले प्राकृतिक लयमा बाधा पुर्याउन सक्छ, निन्द्रा कम लाग्न सक्छ । यदि यस्तो छ भने सुत्नु दुई घण्टाअघि नुहाउनुहोस् ।

यदि तपाईं मेकअप गर्नुहुन्छ :

यदि तपाईं सन स्क्रिन वा मेकअप आदिको प्रयोग गर्नुहुन्छ, त्यसलाई क्लिन्जरको प्रयोग गरेर सफा गर्न आवश्यक छ । तर यदि राती नुहाएर सुत्नुहुन्छ भने तपाईंको छाला राम्रोसँग सफा हुन्छ ।

धुँवा धुलोमा काम गर्ने:

यदि अस्पताल वा भवन निर्माण साइट आदिमा काम गर्नुहुन्छ भने तपाईं लगातार धुलो, प्रदुषण वा किटाणु आदिको सम्पर्कमा रहनुहुन्छ त्यसकारण सुत्नुअघि नुहाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्