ट्रम्प माथि फेसबुक, ट्विटर, स्न्यापच्याट, इन्स्टाग्रामको कारवाही



वासिंगटन, (एजेन्सी)

अमेरिकाको कयापिटल भवनमा आक्रमण गर्ने आफ्ना हजारौं समर्थक्लाई टिव्ट गरेको कारण राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र टिवट्र बन्द गरिएको छ । सामाजिक संजाल मार्फत त्यहाँ उपद्रो मच्चाइरहेका तिनीहरुलाई शान्त भएर घर फर्कन आग्रह गर्नेक्रममा ट्रम्पले ‘ आइ लभ यु ’ भनेका थिए । साथै उनले पुन नोभेम्वरको राष्ट्रपतिय चुनावमा धाँधली भएको कुरा पनि दोहराएका थिए ।

ट्विटरले आफूहरुको ‘ नागरिक एकता नीतिको गम्भीर उल्लंघन भएकाले ट्रम्पका तीनवटा ट्विट हटाउनु परेको बताएको छ । कम्पनीले यदि राष्ट्रपति ट्रम्पका टिवटहरु नहटाइएका खण्डमा उनको एकाउन्ट बन्द गरिनु ठीक भएको प्रतिक्रिया पनि दिएको छ । साथै कम्पनीले यदि फेरि पनि ट्विटरको नियमहरु उल्लंघन भएको पाइएमा एटरियलडोनाल्डट्रम्प एकाउन्ट सदाका लागि बन्द गरिने चेतावनी पनि दिएको छ ।

ट्रम्पले ट्विटरको निर्देशिकामा त्यति ध्यान नपु-याएको देखिन्छ । यसैगरी फेसबुक र इन्स्टाग्रामले पनि ट्रम्प माथि चौबिस घन्टे प्रतिवन्ध लगाएको छ । युट्युवले पनि ट्रम्पको भिडियो हटाएको छ । यसैबिच स्न्यापच्याटले पनि ट्रम्पलाई नयाँ पोस्ट बनाउन नमिल्ने गरी निषेध गरेको छ ।

तर स्न्यापच्याटले सो बन्देज कहिले हट्ने हो भन्नेबारे स्पष्ट पारेको छैन । फेसबुकले अमेरिकामा भइरहेको हिंसात्मक घटना अझै नभडकियोस् भन्ने उद्देश्यले ट्रम्पका पोस्ट हटाइएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्