स्पेनस्थित नेपाली राजदूतावासलाई एनआरएनए म्याड्रिडले गरायो ध्यानाकर्षण



दीपेन्द्र गजुरेल, स्पेन ।

गैरआवासिय नेपाली संघ क्षेत्रिय समिति म्याड्रिडले स्पेनस्थित नेपाली राजदुताबासलाई सहकार्य गरिदिन ध्यानकर्षण गराएको छ । एनआरएनए म्याड्रिड अध्यक्ष सुजिल गोलेको नेतृत्वमा गएको टोलीले राजदुत दावाफुटि शेर्पालाई विगत लामो समय देखि स्पेनमा बसोबास गर्दै आएका नेपाली समुदायहरूको विभिन्न समस्याहरू पहिचान गरि सहकार्य गरिदिन ९ बुदे ध्याकर्षण पत्र बुझाएको छ । अध्यक्ष गोलेले भने,’नेपालीहरूको समस्यामा नेपाली राजदुताबासले रचनात्मक सहयोग र सहकार्यको अपेक्षा गरेका थियौ त्यो सोचे जस्तो हुन नसक्नु र नेपालीहरूको जनगुनासो दैनिक बढ्दै जानु दुखद् पक्ष भएकोले यसमा राजदुत शेर्पाले सहयोग गर्ने प्रतिबद्धता जनाए पछि केहि आशा पलाएको छ ।’

उक्त टोलीमा उपस्थित एनआरएनए स्पेनका प्रथम उपाध्यक्ष उत्तर कुमार राईले भने नेपाल र नेपालीहरूको हितमा नेपाली राजदुताबासले काम गर्दै आएकोमा कोरोनाले गर्दा केहि समय ढिलो भएको हुन सक्छ तर कोरोनाकै समस्या सधै देखाउदै सधै नेपाली दुताबास भाग्न नमिल्ने जिकिर गरे । उपाध्यक्ष राई थप्छन् ,’स्थाई कम्युनिष्ट सरकार नेपालमा छ राजदुतले ढुक्क संग काम गर्नुपर्ने वाताबरण बनेको समयमा नेपाल र नेपालीले स्पेनबाट फाइदा लिन सक्नुपर्ने अवस्था झनै नियोगबाट सुस्त गतिमा काम हुनु दुखद् रहेको छ।’

ध्यानकर्षण पत्रमा भनिएको छ नेपालीहरुका समस्या र स्पेनमा नेपालको पर्यटन क्षेत्रको प्रबर्द्धन,तथा स्पेनको लगानी नेपाल भित्र्याउने सम्भावनाका बिषयलाई प्रमुख बनाउन भनिएको छ ।

यसैगरी कोरोना महामारीका समयमा नेपालमा रहेका नेपालीहरुका समस्या, परिवार पुनर्मिलन, स्पेनमा बाबु आमालाई भिजिट भिसामा बोलाउदा भिषा नदिने समस्या, दुतावासबाट दिईने कन्सुलर सेवामा सुनिएका जनगुनासोहरु, परिवार पुनर्मिलनका लागि स्पानिस दुतावास नयाँदिल्लीमा अपोईन्टमेन्ट लिने क्रममा देखिएका समस्याहरु लगायत नेपालीहरुको बाक्लो बस्ति रहेका स्पेनका बिभिन्न शहरहरुमा अबैतनिक बाणिज्यदुत चयनका लगायत अन्य सम्भावनाहरूलाई समेटेर राजदुत दावाफुटी शेर्पालाई ध्यानकर्षण पत्र बुझाएको हो ।

ध्यानकर्षण पत्र बुझ्दै राजदुत शेर्पाले आफुले सक्दो सहयोग, सहकार्य गर्ने र सकारात्मक रुपमा लिएर सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भएको अध्यक्ष गोलेले बताए । यसै सन्दर्भमा राजदुत शेर्पा संग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्