बाइडेन र ह्यारिसले अमेरिकी चुनाव जितेको औपचारिक घोषणा

क्यापिटल भवनमा आक्रमण , चारजना मारिए



वासिंगटन,(एजेन्सी)

हिंसात्मक गतिविधिको कारण केहि समय कंग्रेसको कारवाही रोकिए पनि पुन: शुरु भएको बैठकमा हाउस र सिनेटद्वारा इलेक्टोरल मत गणना गर्न तोकिएका चारजना ‘ टेलर ’ मध्ये एक मिन्नेसोटाका सिनेटर एमि क्लोवचरले जोय बाइडेन र कमला ह्यारिसको चुनावी जित भएको औपचारिक घोषणा गरेकी छन् ।

उनले भनेकी छिन् , ‘ हामीलाई दिइएको मतपत्र अनुसार हामीले तयार पारेको प्रतिवेदनले जोय बाइडेन र कमला ह्यारिस क्रमशः अमेरिकाको राष्ट्रपति र उपराष्ट्रपति बन्ने घोषणा गर्दछु । सिनेटको प्रमाणपत्र पेश गर्ने कार्य हरेका उप राष्ट्रपति माइक पेन्सले खसेका कूल ५ सय ३८ इलेक्टोरल मत मध्ये बाइडेन र कमला ह्यारिसले ३ सय ६ र डोनाल्ड ट्रम्प र माइक पेन्सले २ सय ३२ मत प्राप्त गरेको जानकारी दिएका छन् । स

न् २०२१ को २० जनवरी देखि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल शुरु हुँदैछ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका शसस्त्र समर्थकहरु जवर्जस्ती क्यापिटल भवनमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मिसंग भएको भिडन्तमा चार जना व्यक्तिको ज्यान गएको स्थानिय संचार माध्यमले जनाएको छ । एकजना अपरिचित महिलाको प्रहरीको गोली लागेर मृत्यु भएको पुष्टि भइसकेको छ भने अन्य तीनजनाको पनि उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

डेमोक्रेटिक जाय बाइडेनले नोभेम्वरमा सम्पन्न राष्ट्रपतिय चुनाव जितेको औपचारिक घोषणाका लागि बोलाइएको कंग्रेसको बैठक यस हिंसात्मक घटनाको कारण आकस्मिक रुपमा रोकिएको छ भने अर्को बैठक बोलाइने भएको छ ।
केहि रिपबिलकनहरुले केहि राज्यमा चुनावी नतिजा उल्टाउने असफल प्रयासहरु गरेका थिए ।

ट्रम्पले आफ्ना आक्रामक समर्थकहरुलाई घर फर्कन आग्रह गरेतापनि चुनावमा धाँधली भएको आरोप भने पुन दोहराएका छन् । यस अघि डेमोक्रेटहरुले जर्जियामा भएक पुन निर्वाचनमा दुईवटा सिनेटर सिट जितेपछि सिनेट बाइडेनको पकडमा गइसकेको छ । राफेल वार्नक र जोन ओस्सोफले आफ्ना रिपब्लिकन प्रतिद्वन्द्वीलाई चुनावमा हराएका हुन् ।

वासिंगटन डिसिको यस अप्रत्यासित घटनालाई विश्वभरिको संचार माध्यमले निकै प्राथमिकताका साथ प्रशारण गरिरहेका छन् ।
करिव २५ देखि ३५ हजार ट्रम्प समर्थहरु अवरोध पन्छाउँदै तथा भ-याङ प्रयोग गर्दै क्यापिटल भवन छिर्ने खोजेका हुन् । त्यहाँ तैनाथ प्रहरीलाई आक्रमण गर्दै तिनीहरु जवर्जस्ती झ्याल ढोका फोर्दै भित्र प्रवेश गर्न खोजेका हुन् ।

त्यतिवेला कंग्रैसका दुवै च्याम्बरमा एरिजोनाको इलेक्ट्रोल कलेज मतलाई मान्यता दिने कि नदिने भन्नेबारे गरमागरम बहश गरिरहेका थिए । अचानक भएको यस हमलाको कारण सन्त्रसित विधायकहरु ज्यान जोगाउन यताउता भागाभाग गरेका थिए । तर प्रदर्शनकारीहरु आफुहरुलाई राष्ट्रपति ट्रम्पले त्यहाँ बोलाएको हुनाले त्यहाँबाट नहट्ने भन्दै चिच्याइरहेका थिए ।

त्यहाँ थुप्रै पटक गोली चलेको सुनिएको र छातीमा प्रहरीले चलाएको गोली लागेर एस्ली ब्याबिट नामक महिलाको ज्यान गएको सिएनएनले जनाएको छ । वासिंगटन प्रहरी प्रमुख पिटर न्युजह्यामले प्रदर्शनकारीले प्रहरीमाथि रसयानिक पदार्थले हमला गरेको तथा घटनामा अन्य थुप्रै घाइते भएको जनाएका छन् ।

सिनेटको कारवाहि अघि बढाइरहेका उप राष्ट्रपति माइक पेन्सलाई सिक्रेट सर्भिसले सुरक्षित स्थानमा लगेको छ । यसैगरी सभामुख न्यान्सी पेलोसी र नव निर्वाचित उपराष्ट्रपति कमला ह्यारिसलाई पनि सुरक्षाको ग्यारेन्टि दिइसकेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्