नेकपा सिन्धुपाल्चोक : जिल्ला अध्यक्ष झम्क नेपाललाई कार्वाही, संयोजकमा बालकृष्ण देउजा



न्युज अफ नेपाल, काठमाडौँ ।

पार्टी अनुशासन बिपरित फुटको पक्षमा लागेको भन्दै नेकपा नेकपाका जिल्ला अध्यक्ष झम्क नेपाललाई ओलि पक्षको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलाले कार्वाही गरेको छ ।

बिगत ८ बर्षदेखि नेतृत्वमा रहेका जिल्ला अध्यक्ष झम्क नेपाललाई पदमुक्त गर्दै ओली पक्षले बालकृष्ण देउजालाई पूनर्गठित समितिको संयोजक घोषणा गरेको हो । साविकको १ सय ४५ सदस्यीय जिल्ला कमिटिलाई अधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्दै १ सय जना सदस्य थप गर्ने समेत निर्णय भेलाले पारित गरेको छ ।

अधिवेशन आयोजक समितिको स्योजकमा देउजा र सहसंयोजकमा चन्द्र धिमालकोटीलाई जिम्मेवारी दिईएको नेकपाका केन्दृय सदस्य हस्त पण्डितले घोषणा गर्नुभयो । यो विषम परिस्थितिमा प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने संयोजक बालकृष्ण देउजाले बताउनुभयो ।

जिल्ला अध्यक्ष एउटा गुटको पछि लागेर फुटको पक्षमा लागेपछि कार्वाही गरि पदमुक्त गर्दै संयोजक र सहसंयोजक चयन गरिएको केन्दृय सदस्य सरेश नेपालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्