अमेरिकी संसद्‌मा ट्रम्प समर्थकको आक्रमण: विश्वभरबाट निन्दा



एजेन्सी ।

अमेरिकी संसद्‌मा ट्रम्प समर्थकले गरेको आक्रमणबारे विश्वभरबाट व्यापक रूपमा निन्दा भएको छ।

युरोपेली सङ्घका विदेश मामिला प्रमुख जोसेफ बोरेलले विश्वको नजरमा अमेरिकी लोकतन्त्र घेराबन्दीमा परेको देखिएको बताएका छन्।

आयरल्यान्डका विदेशमन्त्री साइमन कोभेनीले उक्त घटनालाई पदमा रहेका राष्ट्रपति र उनका समर्थकद्वारा जानीबुझीकनै गरिएको लोकतन्त्रमाथिको हमला भनेका छन्।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले घटनालाई लज्जाजनक दृश्य भन्दै शान्तिपूर्ण र व्यवस्थित शक्ति हस्तान्तरणका लागि आग्रह गरेका छन्।

नेटोका महासचिवले चाहिँ त्यस घटनालाई स्तब्ध पार्ने खालको भनेका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले प्रजातान्त्रिक प्रक्रियाको सम्मान हुनुपर्ने बताएका छन्।

फ्रेन्च राष्ट्रपति एमानुअल माँक्रोले उक्त हमलालाई ‘अन-अमेरिकन’ अर्थात् अमेरिकी चरित्रसँग अमिल्दो बताएका छन्।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले घटनालाई ‘प्रजातन्त्रमाथिको हमला’ भन्दै त्यसबाट क्यानेडियालीहरू विक्षिप्त भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्