चोरीका मोटरसाईकल चलाउने धादिङका २ युवक पक्राउ



काठमाडौं ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टे स्थित सडकखण्डबाट राजन मगर र राजन तामाङले सवार गरिरहेको मोटरसाईकलसहित पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

जिल्ला धादिङ्ग निलकण्ठ नगरपालिका–९ मुरली भन्ज्याङ्ग बस्ने वर्ष २६ को राजन मगर र थाक्रे गाउँपालिका वडा नं. १ देवीस्थान बस्ने वर्ष २१ को राजन तामाङले सवार गरेको बा ९२ प ७६३० नम्वर कालो रातो रंङ्गको २२० सीसीको पल्सर मोटरसाईकललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं.प्रदेश ३–०२–०१२ प ९८३५ खुल्न आएको छ ।
उक्त नम्वरको मोटरसाईकल गत पुस २६ गते राति साढे ७ बजेको समयमा काठमाण्डौं सोह्रखुट्टे स्थित सडक खण्डबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि ट्राफिक महाशाखामा दिएको निबेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाईएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्