एन लेभ्नेङ इलेक्ट्रिक स्कुटर नेपालमा



काठमाडौं, (नेस)
जम्बो इको भेहिकल प्रालिले अन्तर्राष्ट्रियस्तरमा चलेका विशेषगरी युरोपियन मुलुकमा अत्यधिक निर्यात भएका एन लेभ्नेङ इलेक्ट्रिक स्कुटरहरू बिक्री शुरु गरेको छ ।

यी स्कुटरमा जर्मन कम्पनी बोस्चको मोटर प्रयोग भएका छन् भने टेस्लाबाहेक अरू सवारीमा प्रयोग नभएको सामसुङको इ सेभेन ग्रेडको पोलिमर ब्याट्री प्रयोग भएको प्रालिका नारायण गौतमको दाबी छ ।

त्यसैगरी यी स्कुटरमा स्मार्ट डिस्प्ले, युएसबी, ब्लुटुथ कनेक्सन र स्पिकरसमेत छन् । यी स्कुटर अनधिकृत व्यक्तिले चलाएमा साइरन बज्छ भने स्ट्यान्ड लगाइएको छ भने गुड्दैन । पार्किङ मोडमा पनि गुड्दैन । यी स्कुटरमा २ वर्षको ब्याट्री, मोटर, चार्जर आदिमा रिप्लेसमेन्ट ग्यारेन्टी रहेको जानकारी पनि गौतमले दिए ।

त्यसैगरी १७ रुपियाँको चार्ज गर्दा ७० किलोमिटरको यात्रा गर्न सकिने दाबी गर्दै गौतमले भने–‘ यो स्कुटर किन्न चाहनेका लागि शून्य प्रतिशत ब्याजमा ऋणको पनि व्यवस्था मिलाइएको छ ।’

प्रतिक्रिया दिनुहोस्