७७ जिल्लामै खिचिने सिरियल टेलिभिजनमा



नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ निर्माण भइरहेको पर्यटकीय सामाजिक हास्य टेलिफिल्म ४ दुना ९ आज बिहीबारबाट नेपाल टेलिभिजनमार्फत प्रसारण हुने यसबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मीले नेपालको ७७ वटै जिल्लामा विभिन्न समयमा खिचिने टेलिफिल्म बनाएर सो टिमले पर्यटन बोर्डले गर्नुपर्ने काम गरेको चर्चा गरे। यस्तै सँचना तथा सञ्चार मन्त्रालयका प्रेस विज्ञ राजेन्द्र मानन्धरले कोरोनाको अवस्थामा पनि देशको पर्यटनलाई उठाउन मद्दत गरेको चर्चा गरे। कार्यक्रममा जुम्ला र मुगुका मनोरम दृश्य समेटिएको प्रोमो देखाइएको थियो। टेलिचलचित्रका निर्देशक छेडुप लामाका अनुसार काठमाडौंबाट जाने केही कलाकारसँगै अन्य अधिकांश स्थानीय कलाकारको अभिनय रहेको छ। ‘शुरुको चार भाग खिच्न हामी जुम्ला र मुगु पुगेका थियौं। त्यहाँको मौलिकताको प्रशंसा गरेरै सक्दिनँ। त्यहाँको रीतिरिवाज, रहनसहनले मेरो मन तानेको छ। हामीले त्यही मौलिकतालाई पर्दामा उतार्ने कोशिस गरेका छौं।’ –टेलिसिरियलका मुख्य कलाकार राजाराम पौडेलले सुनाए। जुम्ला र मुगुमा चार भाग खिच्नकै लागि १३ दिन खर्चिएको टेलिसिरियलका निर्देशक छेडुप लामाले जानकारी गराए। नेपालको पर्यटन, संस्कृति, प्राकृतिक विविधता, भाषा, जात, धर्म तथा विभिन्न पर्वको प्रचार तथा त्यसको संरक्षणका लागि बज्रलिंक मिडियाले यसअघि पनि काम गर्दै आएको छ।
टेलिसिरियलको प्रत्येक भाग ३० मिनेट बराबरको हुनेछ। प्रत्येक जिल्लामा ३ देखि ५ भागसम्म छायांकन गरिने बताइएको छ। टेलिसिरियमा राजाराम पौडेल, रवीन्द्र झा, रेशम बुढाथोकी, रामबाबु रेग्मी, अजय रेग्मी, गोविन्द सुनार, अस्मिता बस्नेत, सेबिता अधिकारी, संगम राई, दिप्तप्रकाश काश्यप, कबिता न्यौपाने, सुस्मिता गिरी, भगवती खड्का, रोहित खड्का, सिमरन, रिदम श्रेष्ठलगायतको अभिनय रहनेछ। कर्मा डी लामा, गणेश तामाङ र कुइसाङ तामाङ रुम्बाको लगानी रहने सिरियलमा लेखन रेशम बुढाथोकीको रहनेछ।

प्रतिक्रिया दिनुहोस्