प्रचण्ड– नेपाल समुहका विद्यार्थीद्धारा प्रधानमन्त्रीको पुत्ला दहन



काठमाडौं ।

संसद बिघटन बिरुद्धमा नेकपा प्रचण्ड–माधव नेपाल निकट विद्यार्थीहरुद्धारा  प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । प्रधानमन्त्री ओलीको सिफारीसमा राष्ट्रपतीले संसद बिघटन गरेसँग बिभाजित भएको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समुहले ओलीको उक्त कदमका बिरुद्ध दोस्रो चरणको आन्दोलनमा रहेको छ ।

साेही आज उक्त समुहको विद्यार्थी संगठनले चितवनमा ओलीको पुत्ला दहन गरेको छ । उक्त समुहले ओलीको पुत्लादहन, लाठी जुलुसदेखी दोस्रो चरणका बिभिन्न संघर्षका कार्यक्रम सार्वजनीक गरेको थियो । वीरेन्द्र क्याम्पस, सप्तगण्डकी क्याम्पस लगायतका विद्यार्थीहरुले आज बिहान प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्