भूकम्प प्रभावित विद्यालयहरूको पुनर्निर्माणका लागि भारतको आर्थिक सहयोग



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालस्थित भारतीय दूतावासले भूकम्पबाट प्रभावित विद्यालयको पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेको छ । भारतीय दूतावासका उप प्रमुखले भूकम्पबाट प्रभावित विद्यालय पुनर्निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रमअन्तर्गत दूतावासले ३०६ मिलियन रुपैयाँ आर्थिक सहयाग गरेको हो । भारतीय दूतावासले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा गरेको ट्वीटअनुसार भारतले नेपालका ८ वटा जिल्लाहरूका ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माणका लागि ५० मिलियन अमेरिकी डलरको प्रतिबद्धता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्