पाकिस्तानमा महिलाको भर्जिनिटी परीक्षणमा प्रतिबन्ध



इस्लामावाद,(एजेन्सी)

मानव अधिकारवादी अभियन्ताहरुले वलात्कारको घटना परिक्षणको क्रममा पिडित महिलाको ‘कौमार्य परिक्षण’ कार्यलाई प्रतिवन्ध लगाउने पाकिस्तानको एक क्षेत्रिय अदालतको निर्णयको स्वागत गरेको छ । पंजाव प्रान्तमा चल्दै आएको वलात्कृत महिलाको योनीको झिल्ली तथा योनी भित्र दुईओटा औंला छिराएर गरिने परिक्षण नियमलाई अदालतको यस निर्णयले अन्त्य गराएको छ ।

लाहोर उच्च अदालतका न्यायधिश आयषा मलिकले यस्तो परिक्षण अपमानजनक भएको र तिनको कुनै फोरेन्सिक मूल्य नरहेको बताएकी छन् । मानव अधिकारवादी अभियन्ताहरुले दायर गरेका दुईवटा याचिकपत्र माथिको सुनवाईको क्रममा अदालतले यो ऐतिहासिक निर्णय दिएको हो ।

ति अभियन्ताहरुले लामो समय देखि वलात्कारका घटनाहरुमा चिकित्सकिय मुल्याँकनको नाममा गरिने यस्ता परिक्षणको कुनै बैज्ञानिक आधार नभएको भन्दै तिनको खारेजीको माग गर्दै आइरहेका थिए । पंजाव अदालतको उदाहरण दिँदै पाकिस्तानका अन्य प्रान्तका अदालतमा पनि यस्ता परिक्षण विरुद्ध याचिका पत्र दायर हुने संभावना बढेको छ । सिन्ध उच्च अदालतमा यस्तै प्रकारको एउटा मुद्धामा मुल्तवीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्