घट्यो काठमाडौंको वायु प्रदुषण, यस्तो छ ३ दिनको मौसम पुर्वानुमान



न्युज अफ नेपाल, काठमाडौं ।

सोमबमर र मंगलबार खतराको तह पार गरेको काठमाडौं उपत्यकाको वायु प्रदुषण बुधबार आधा घटेको छ । आज एयर क्वालिटी इन्डेक्स (एक्वुआई) १३१.८ मा झरेको वातावरण विभागले जनाएको छ । आज बिहानैदेखि घाम लागेको र हावाले बहन पाएका कारण पनि प्रदुषण घटेको बिभागले जनाएको छ ।

प्रदुषण घटेसंगै उपत्यकाको तापक्रम तापक्रम ६.१ डिग्री सेल्सियस मापन गरिएको थियो । यस्तै भोलिदेखि काठमाडौं उपत्यकामा चिसो बढ्ने बताईएको छ ।

यस्तो आगामी ३ दिनको मौसम पुर्वानुमान

पुस २२ गते (बुधबार)

दिउँसो : देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति :  देशको पहाडी भू-भागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

पुस २३ गते (बिहीबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति :  प्रदेश १ र सुदुर-पश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पुस २४ गते (शुक्रबार)

दिउँसो स: प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : प्रदेश १, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस्