भीम रावलको निर्देशनमा वन फडानी भएको वन मन्त्रीआलेमगरको आरोप



विमल विष्ट, डोटी ।

नवनियुक्त वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेमगरले नेकपाका नेता भीम रावलको संरक्षणमा सुदूरपश्चिममा वन फडानी भएको आरोप लगाउनु भएको छ । बुधबार धनगढीमा बसेको नेकपा सुदूरपश्चिम प्रदेश कमिटिको चौथो बैठकमा बोल्नु हुँदै मन्त्री आलेमगरले यस्तो आरोप लगाउनु भएको हो ।

वनमन्त्री आलेमगरले भीम रावलको सेटिङमा सुदूरपश्चिममा वन फडानी भएको दाबी समेत गर्नुभयो । सुदूरपश्चिम प्रदेशका वन मन्त्री माया भट्ट डाक्टर रावलकै दाहिने गोजीमा राखेर वन फडानी भइरहेको उहाँको आरोप छ ।

यसैगरी अर्थ विकास तथा प्रकृतिक स्रोत समितिका सभापती गोविन्द कुँवर पनि डाक्टर भीम रावलकै साक्कै भिनाजु भएकाले पनि वन फडानी गर्ने डिजाइनर डाक्टर रावलका भिनाजु गोविन्दका सहोदर भाइ कर्ण कुँवर ठुलो काठ व्यवसायी भएको उहाँको तर्क थियो । वन मन्त्री आले मगरले भीम रावललाई प्रश्न गर्दै भन्नुभयो, “तस्करी तपाई गर्ने यो सोझो मगरलाई आरोप लगाउने, प्रमाण छ मैले तस्करी गरेको ?”

प्रतिक्रिया दिनुहोस्