माइतीघरमा दिउँसै लाल्टीन बालेर अनेरास्ववियुको प्रदर्शन



काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सत्तारुढ नेकपाकै संगठन अनेरास्ववियूले काठमाडौंमा दिउँसै लालटिन बालेर प्रदर्शन गरेको छ ।

‘दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन’ लेखिएको कालो ब्यानरसहित प्रचण्ड–माधव नेपाल समूहमा रहेका अनेरास्ववियू नेता–कार्यकर्ताहरुले काठमाडौंको माइतीघरमा लालटिन जुलुस निकालेर प्रदर्शन गरेका हुन् ।

माइतीघर मण्डलाबाट सुरु भएको जुलुस नयाँबानेश्वरसम्म आएर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै सहसंयोजक अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले संसद विघटन नसच्चिएसम्म आन्दोलन जारी रहने बताए ।

जुलुसमा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले भने भने कोणसभालाई सम्बोधन गरेनन् । काठमाडौं उपत्यकामा लालटिन बालेर जुलुस प्रदर्शन गरिए पनि काठमाडौं उपत्यका बाहिरका जिल्लाहरुमा लालटिन, सिटी वा लाठी जुलुस निकालेर विरोध प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्