जहाँ ओली त्यहाँ नेकपा, जहाँ नेकपा त्यहाँ सुर्य चिह्न : उपप्रधानमन्त्री पोखरेल



बुद्ध नेपाली ,सिन्धुली ।

काम चलाउ सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी बैशाखमा चुनाव भएरै छाड्ने दावी गर्नुभएको छ ।धनुषाको कार्यक्रममा सहभागी भई रामेछापको कार्यक्रममा सहभागी हुन जानेक्रममा बुधवार सिन्धुलीमाढीमा प्रधानमन्त्री केपी शर्मा ओली समुहका नेता कार्यकर्तासँगको भेटमा प्रधानमन्त्रीले घोषणा गरेकै मितिका मध्यावधि चुनाव हुने उहाँले दावी गर्नुभएको हो ।

प्रधानमन्त्रीले निर्वाचनको घोषण गरेसँगै निर्वाचन आयोग, चार ओटै सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको पनि उहाँले बताउनुभयो ।‘प्रधानमन्त्री ताजा जनादेशका लागि जनतासँग जान चाहानु भएको छ । बैशाख १७ र २७ गते निर्वाचनको मिति पनि घोषणा भएको छ । मिति घोषणा लगत्तै प्रधानमन्त्रीले चार ओटै सुरक्षा निकायसँग र निर्वाचन आयोगसँम छलफल गर्नुभएको छ ।

उहाँहरु पुर्णरुपमा चुनावको तयारीमा लागि सक्नु भएको छ । निर्वाचनमा जे जे परिणाम आउछ त्यो स्वीकार गर्दै अघि बढ्नु पर्छ’उहाँले भन्नुभयो । कार्यक्रममा सहभागीहरुले पार्टीको चुनाव चिह्न के हुन्छ ? भन्दै गरेको प्रश्नमा जवाफ दिदै उहाँले भन्नुभयो,‘ जहाँ केपी ओली त्यहाँ नेकपा, जहाँ नेकपा त्यहाँ सुर्य निह्न ।’ संसद विघटनका सम्बन्धमा सर्बोच्च अदालतलाई प्रधानमन्त्रीले जवाफ दिईसकेको भन्दैन् उहाँले संसद विघटन गरेर चुनावमा जाने प्रधानमन्त्री ओलीको कदम सर्बोच्चले सदर गर्ने विश्वास व्यक्त गर्नुभयो ।

‘प्रधानमन्त्रीले आफ्नो तर्फबाट सर्बोच्चलाई जवाफ दिईसक्नु भएको छ । त्यस कारण ताजा जनादेशमा जाने कुरामा अदालत दायाँ बायाँ हुन्छ भन्ने मलाई लाग्दैन्’ उहाँले भन्नुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) औपचारिक रुपमा अझै विभाजन नभई नसकेकाले आधारिकताको प्रश्न विभाजनको घोषणा पछि मात्रै उठ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्