माघेसंक्रान्तिमा आउने भयो शिव श्रेष्ठको एउटा यस्तो प्रेम कहानी



सरकारले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएनसी) मार्फत बाँकी रहेका सबै क्षेत्रसँगै फिल्म क्षेत्र पनि खुला गरेपछि फिल्मसँग सम्बन्धित गतिविधि लयमा फर्किन थालेको छ।

यसै क्रममा एक्सन किङ शिव श्रेष्ठद्वारा निर्मित फिल्म एउटा यस्तो प्रेम कहानी माघेसंक्रातिका दिनदेखि रिलिजमा आउने भएको छ।

सरकारले फिल्मका गतिविधि फर्काउने गरी फिल्म क्षेत्र खोल्ने औपचारिक घोषणा गर्न आनाकानी गरेपश्चात् वितरक तथा प्रदर्शकहरुको छाता संगठन नेपाल चलचित्र संघले गत पुस १० गतेदेखि एकतर्फीरूपमा हल सञ्चालनमा ल्याएपछि अभिनेता श्रेष्ठले आप्mनो फिल्म एउटा यस्तो प्रेम कहानी माघ १ गतेदेखि रिलिज गर्ने घोषणा गरेका थिए।

सीसीएनसीले खुल्न बाँकी रहेका अन्य क्षेत्रसँगै फिल्म क्षेत्र पनि खोल्ने अनुमति दिएपछि एक्सन किङ श्रेष्ठले मंगलबार राजधानीमा एक समारोह आयोजना गरी आप्mनो फिल्म आगामी माघ १ गतेदेखि लाग्ने जनाउँदै त्यसको शीर्ष गीत सार्वजनिक गरेका हुन्।

सार्वजनिक गीतमा वसन्त सापकोटाको संगीत, विश्व नेपाली र अस्मिता परियारको स्वर तथा सुष्मा रूपहाङ राईको शब्द रहेको छ। कोरोना भाइरसबाट हुने हाल कोभिड–१९ का कारण ठप्प बन्न पुगेको फिल्म क्षेत्रमा होस्टेमा हैसे गर्न एउटा यस्तो प्रेम कहानी रिलिज गर्न लागेको बताए।

‘कोभिड–१९ को विषम परिस्थितिले गर्दा ठप्प रहेका सिनेमा हल खोली नेपाली फिल्म जगत्लाई टेवा पु¥याउने हल सञ्चालकको अभियानमा हामी पनि होस्टेमा हैंसे गर्न आइपुगेका छौं। एउटा यस्तो प्रेम कहानी आगामी माघ १ गते देशव्यापीरूपमा रिलिज हुनेछ।’ –फिल्मको प्रस्तुतकर्ता रहेका एक्सन किङ श्रेष्ठले भने।

फिल्ममा शिव श्रेष्ठ, उनका पुत्र शक्ति श्रेष्ठ, अभिनेत्री करिश्मा मानन्धर पुत्री कविता मानन्धर, प्रियंका कार्की, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आङ तेङबे शेर्पा, मिथिला शर्मा, विष्णु चेमजोङ, रेखाफागो, नरेन खड्का, सुनील कटुवाल, ध्रुव कोइरालालगायतले अभिनय गरेका छन्।

फिस्टेल मुभिजको ब्यानरमा यशोदा राई र दिनेश दर्शनधारीद्वारा निर्देशित फिल्म दीपेश सापकोटाको निर्देशनमा बनेको छ।

प्रतिक्रिया दिनुहोस्