काठमाडौं ।
नेपाल शिक्षक महासंघसहित विभिन्न शिक्षक संघठनले प्रतिनिधिसभामा विघटन भएको स्थितिमा अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउन माग गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग मंगलबार सिंहदरबारमा शिक्षक नेताहरुको प्रतिनिधि मण्डलले भेटी नयाँ संविधानअनुसार संघीय ऐन ल्याउन ढिला भएकाले अध्यादेश ल्याउन माग गरेको हो ।टोलीले बालविकास केन्द्रका सहजकर्ताहरुको सुविधा बढाउन, कक्षा ११ को नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न, द्वन्द्वपीडित शिक्षकहरुको पुनर्बहाली गर्नलगायत विषयमा पनि मन्त्रीसमक्ष ध्यानाकर्षण गराइएको र मागप्रति नवनियुक्त मन्त्री श्रेष्ठ सकारात्मक रहेको महासंघका अध्यक्ष बाबुराम थापाले जानकारी दिनुभयो । उहाँले शिक्षाका व्यापारी र दलालीकर्ताहरुसँग सतर्क रहेर काम गर्न पनि आफूहरुले सुझाव दिएको बताउनुभयो ।