मनाङमा भारी हिमपात जनजीवन कष्टकर



मनाङ । देशैभरि पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आएको छ । मौसमको खराबीका कारण हिमालपारिको जिल्लामा हिमपात शुरु भएको छ । सोमबार बेलुकीदेखि परेको हिमपातले मनाङको जनजीवन झन् कष्टकार बनेको छ ।
सोमबारदेखि भारी हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर बनेको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडा सदस्य चोल्पा गुरुङले जानकारी दिनुभयो ।केही दिनअगाडि खोला जमेर खानेपानीको अभाव झेल्दै आएका यहाँका मानिसलाई हिमपातले घरभित्रै थन्काएको छ । मानिस त जसोतसो घरभित्र रहे पनि पशुचौपाय हिमपातको सिकार भएका पशुपालक गुरुङले बताउनुभयो ।

हिमपातले विकास निर्माणका कामहरु पनि ठप्प भएका छन् । बर्खामा बाढीपहिरो र हिउँदमा हिमपातका कारण विकास निर्माणले गति लिन नसकेको पूर्वाधार विकास मनाङका प्रमुख नवीनचन्द्र अधिकारीले बताउनुभयो । हिमपात कारण खेतीबाली सप्रने भए पनि जनजीवन प्रभावित भएको छ । कोरोना महामारीमा जिल्लाभित्र रहेका मनाङबासी हिमपातको असर थेग्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्