प्रदेश १ मा १०३ जना सङ्क्रमित निको भए



विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १०३ जना सङ्क्रमित निको भएका छन् । निको हुनेहरु सबै होम आइसोलेशनका रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २८ हजार ८४२ पुगेको छ ।
प्रदेशमा सोही अवधिमा गरिएको ३८२ जनाको पिसिआर परीक्षणमा आठ महिला र २० पुरुष गरी २८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप हुनेहरुमा मोरङमा आठमध्ये विराटनगरमा पाँच, सुनसरीमा आठ, झापामा पाँच, सङ्खुवासभामा दुई, धनकुटा, उदयपुर र पाँचथरमा एक/एक र प्रदेश बाहिरका दुईजना रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार ९१३ पुगेको छ । यस प्रदेशमा हालसम्म दुई लाख १० हजार ३३१ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्