भरतपुरमा ९० जनाले गरे प्लाज्मा दान



चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सञ्चालन गरेको कोरोना प्लाज्मा बैंकले चितवनसहितका जिल्लामा प्लाज्मा उपलब्ध गराउँदै आएको छ । केन्द्रले काठमाडाैं, भैरहवा र कपिलवस्तु जिल्लामा प्लाज्मा पठाइसकेको छ ।

बैंंकमा हालसम्म ९० जनाले प्लाज्मा दान गरेका छन् । तीमध्ये पाँच महिला र ८५ पुरुष रहेका छन् । केन्द्रका प्र्रमुख रमेशकान्त पौडेलका अनुसार सङ्कलित प्लाज्मा ‘ओ’ पोजेटिभ ३५, ‘ए’ पोजेटिभ २५, ‘एबी’ पोजेटिभ १०, ‘बी’ पोजेटिभ २५ र ‘एबी’ नेगेटिभ एकजनाले प्लाज्मा दान गरेका थिए ।

सङ्कलित प्लाज्मामध्ये सबैभन्दा धेरै पुरानो मेडिकल कलेजमा ३९ वटा पठाइएको उहाँले जानकारी दिनुभयो । यस्तै भरतपुर अस्पतालमा १३, चितवन मेडिकल कलेजमा सात र नारायणी सामुदायिक अस्पतालमा आठवटा प्लाज्मा पठाइएको केन्द्रले जनाएको छ ।

काठमाडौँमा तीन, कपिलवस्तु र बुटवलमा एकरएकवटा प्लाज्मा थेरापीका लागि सङ्कलित प्लाज्मा पठाइएको हो । पौडेलका अनुसार अहिले केन्द्रमा १८ वटा प्लाज्मा रहेको छ । केन्द्रले चितवनको भण्डारा, भरतपुर, नारायणगढ र नवलपरासीको कावासोतीबाट प्लाज्मा सङ्कलन गरेको हो ।

केन्द्रमा आएर पाँचजनाले प्लाज्मा दिएको पौडेलले जानकारी दिनुभयो । नेपाली कांग्रेस र चेम्बर अफ कमर्सले चितवन र नवलपरासीमा कार्यक्रमकोे आयोजना गरी प्लाज्मा सङ्कलन गर्न सहयोग पु¥याएका थिए । कोभिड–१९ का जटिल अवस्थाका बिरामीलाई प्लाज्मा थेरापी बिधिबाट उपचार गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्