स्वास्थ्यका कारण असान्जलाई अमेरिका सुपुर्दगी नगरिने



लन्डन,(एजेन्सी)

विकिलिक्सका संस्थापक जुलियन असान्जलाई संयुक्त राज्य अमेरिका समक्ष सुपुर्दगी गर्न नसकिने वेलायतको राजधानी लन्डन स्थित एक अदालतले जनाएको छ । अदालतमा नयायधिशले असान्जको मानसिक स्थिती र उनले अमेरिकामा आत्महत्या गर्न सकने खतरालाई मध्यनजर राख्दै उनलाई अमेरिका समक्ष हस्तान्तरण गर्ने अनुरोध अस्विकार गरिएको बताएका छन् ।

सन् २०१० देखि २०११ बिच अमेकिरी सरकारको हजारौं महत्वपूर्ण वर्गिकृत दस्तावेज अनाधिकृत रुपमा सार्वजनिक गरेको अभियोगमा अमेरिकाले उनको सुपुर्दगिको माग गरिरहेको छ । तर असान्जले आफु माथि राजनीतिक पूर्वाग्रह राखिएको बताएका छन् ।

लन्डनको अदालतको यस निर्णय प्रति असन्तुष्टि व्यक्त गर्दै अमेरिकी न्याय विभागले यसमा कानुनी प्रभाब रहेको देखिएको बताएका छन् । न्याय विभागले बताएको छ , ‘असान्जको सुचना चुहावटले कानुन र व्यक्तिहरुको जीवन समेत खतरामा पारेको छ । अदालतको सुपुर्दगी सम्बन्धी यस निर्णयबाट हामी अत्यन्तै असन्तुष्ट छौं । अमेरिकासंग यस निर्णय विरुद्ध अपिल गर्ने चौंध दिने मयाद छ । र , हामी अपिल गर्ने विचारमा छौं ।’ अहिले असान्जलाई बेल्मार्स कारगारमा फकाईने भएको छ । बुधवार उनको जमानतका लागि पूर्ण आवेदन तयार पारिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्