कविको कागजभित्र १ सय २० वर्ष पुरानो चकलेट



सिडनी,(एजेन्सी)

अष्ट्रेलियाली राष्ट्रिय पुस्तकालयका कर्मचारीहरुले स्वर्गीय कवि तथा पत्रकार ए.बि.‘ ब्यान्जो ’ प्याटर्सनको कागजात भित्र लुकाइएको १ सय २० वर्ष पुरानो चकलेटको बट्टा फेला पारेका छन् । अष्ट्रेलियाली लोकप्रिय कवि प्याटर्सनको हालै प्राप्त केहि कागजातलाई हेर्दै जाने क्रममा तिनीहरुले सो चकलेट उपहारको बट्टा भेटाएका हुन् ।

ति चकलेट अझै छ्वाली र चाँदी रंगको झिलझिले कागजलमा वेरिएका अवस्थामा छन् । ति कर्मचारीहरुले प्याटर्सनका कागजातहरु रहेको एउटा बाकस खोलेर त्यसमा रहेका सामग्रीहरुलाई डिजिटल प्रविधिमा राख्ने प्रयास गर्दा चकलेट भेटाएका थिए ।

सो चकलेट त्यतिवेला अर्थात करिव सन् १९०० मा वेलायतकी महारानी भिक्टोरियाले बोयर युद्धका बेला दक्षिण अफ्रिकामा युद्धरत वेलायती फौजलाई उपहारका रुपमा पठाउन यसरी बट्टामा प्याक गर्न लगाएकी थिइन् ।

प्याटर्सनले सिडनी मर्निंग हेराल्ड र दि एज अखवारका लागि युद्ध संवाददाताको रुपमा कार्यरत रहँदा सो चकलेट कुनै सैनिकसंग खरिद गरेको हुनुपर्ने अनुमान गरिएको छ । सन् १९४१ म उनको मृत्यु भएपछि उनका परिवारले उनले लेखेका कागजहरु सरकारलाई बुझाएको थियो । ति कागजात सन् २०१९ मा यस पुस्तकालयलाई दान स्वरुप प्राप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस्