भारतमा बर्ड फ्लुको महामारी, पाँच राज्यमा ८५ हजार पंक्षीको मृत्यु



नयाँदिल्ली, एजेन्सी ।

कोरोना महामारी बीच भारतमा बर्ड फ्लु फैलिरहेको छ । अहिलेसम्म हरियाणा, हिमाचल प्रदेश, मध्यप्रदेश, राजस्थान, गुजरात र केरलमा ८४ हजार ७ सय ७५ पंक्षीको मृत्यु भइसकेको छ । ती मध्य हिमाचल प्रदेश, मध्यप्रदेश, राजस्थान र केरलमा बर्ड फ्लुको पुष्टी भइसकेको छ । हरियाणा र गुजरातको नमुनाको रिपोर्ट आउन बाँकी छ ।

मध्यप्रदेशमा अहिलेसम्म २ सय भन्दा पक्षिको मृत्यु भइसकेको छ । उक्त राज्यका सबै जिलालाई अलर्ट गराइसकेको छ । त्यसैगरी हिमाचल प्रदेशको पौंग डेम वेटल्यान्डमा मृतक पंक्षीको आंकडा २ हजार नाघिसकेको छ । यहाँ पहिलो मामिला सन् २०२० डिसेम्बर २८ मा आएको थियो । बर्ड फ्लुको पुष्टि भएपछि यहाँको पौंग ड्यामको वरपर एक किलोमिटरको क्षेत्र रेडजोन र नौ किलोमिटरको क्षेत्र निगरानी क्षेत्र बनाइएको छ ।

राजस्थानमा अहिलेसम्म ४ सय ७१ काग सहित ५ सय २२ पक्षीको मृत्यु भइसकेको छ । सोमबार सम्ममा ६ जिलामा १ सय ४० कागको मृत्यु भएको थियो । पशुपालन विभागका अधिकारीहरुका अनुसार राजस्थानमा बर्ड प्mलुबाट भएको मृत्युमा कम घातक स्ट्रेन देखिएको छ ।

केरलको अलप्पुझा र कोट्टायम जिलामा बर्ड प्mलुको मामिला पुष्टि भएको छ । यहाँ ५० हजार हाँस मार्न आदेश दिइएको छ । राज्यका पशुपालन मन्त्री के राजुले भने, जहा संक्रमण भेटिन्छ त्यहाँ करिब १ किलोमिटरको दायरामा सबै पंक्षी मारिने छ । राज्यमा बर्ड फ्लुबाट करिब १२ हजार हाँसको मृत्यु पहिले नै भइसकेको छ ।

हरियाणाको बरवालाको रायपुररानी क्षेत्रमा विगत दुई दिनमा दुई फार्ममा ७० हजार भन्दा धेरै कुखुराको मृत्यु भइसकेको छ । फार्मबाट लिइएका मृत कुखुराको नमुना जाँच रिपोट अहिलेसम्म आएको छैन । महिना अघि नै केही पोल्ट्री फार्म रोग देखिएको थियो । त्यतिबेला यहाँका कुखुरा अन्य स्थानमा बेचिएको थियो । प्रशासनको मिलिभगतमा उक्त मामिला दबाइएको थियो । त्यसैगरी गुजरातको जुनागढमा पनि ५३ पंक्षी मृत भेटिएका थिए।

मृत पंक्षीको जाँच भोपालको आनन्द नगर स्थित उच्च सुरक्षाको एनिमल डिजिज ल्याबोरोटरमा पाँच बैज्ञानिकहरुले गरिरहेका छन् । यहाँ कोरोनाको सेम्पल पनि जाँच भइरहेको छ । एभियन इन्फ्लुएन्जा वा एभियन फ्लुलाई नै बर्ड फ्लु भनिन्छ । यो मृत वा जीवित पंक्षीबाट मानवमा फैलिन सक्छ । संक्रमित पंक्षी खाँदा वा संक्रमित पानी पिउनले यो रोग फैलिन्छ । काग सबै तिर सहजै पुग्ने भएकोले यो सबैभन्दा खतरा हो ।

यसबाट बच्न संक्रमित पंक्षीबाट टाढा रहनु नै हो । मृत पंक्षीको नजिकै जानु हँदैन । मासु खानु परेमा सरसफाईलाई ध्यान दिनु पर्छ । संक्रमित इलाकामा विशेष सुरक्षामा बाहेक जानु हँुदैन । जापान, भियतनाम लगायत एसियाका केही मुलुकमा बर्ड फ्लु फैलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्