कोरोना संक्रमणबाट उदयपुरका एक युवकको मृत्यु



विराटनगर । 

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमित एक युवकको मृत्यु भएको छ प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार उदयपुरस्थित त्रियुगा नगरपालिका ११ का १८ वर्षीय युवकको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।

उनलाई गत शनिबार कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको दिननै युवकलाई थप उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। याे सँगै धरानमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १ सय २० पुगेको प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्