दीपिका अब लेडी भिलेन



बलिउड अभिनेत्री दीपिका पादुकोणलाई अब भिलेनका रूपमा देखिने भएको छ। हिन्दुस्तानको अनलाइन संस्करणमा जनाइएअनुसार उनी अब फिल्म धुम–४ मा भिलेनको भूमिकामा देखिने छिन्।
एसराज फिल्म्स्को ब्यानरमा बन्ने उक्त फिल्ममा दीपिका एक स्टाइलिस चोरको भूमिकामा देखिने छिन्। दीपिकालाई लेडी खलनायकको भूमिकामा खेलाउनका लागि यसराज फिल्म्स्ले दीपिकासँग कुराकानी गरिसकेको र दीपिकाले पनि यस भूमिकामा आफूलाई उतार्न तयार भएपछि अब उक्त फिल्मको सुटिङ छिट्टै हुने समाचारमा जनाइएको छ।
मोडलिङ हँुदै बलिउड फिल्ममा पाइला राखेकी दीपिकाले हलिउडमा पनि आफ्नो पहिचान बनाइसकेकी छन्। हालै मात्र आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राम, फेसबुक र ट्विटरको पोस्टहरु रहस्यमय ढंगले हटाएर दर्शकलाई तरंगित बनाएकी दीपिकालाईं खलनायिकाको भूमिकामा हेर्न आतुर रहेको उनका फ्यानहरुले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्