इन्दिराले ल्याइन् बेग हानी गाको



उध्रेको चोली गायिका इन्दिरा जोशीले बेग हानी गाको बोलको आफ्नो नयाँ गीत फिल्मी शैलीको म्युजिक भिडियोका साथ हालै सार्वजनिक गरेकी छन्।

इन्दिराले आफ्नै युट्युब च्यानल इन्दिरा जोशी च्यानलमार्फत सार्वजनिक गरेको उक्त गीतमा शब्द तथा संगीत श्रीकृष्ण बम मल्लको रहेको छ।

फिल्ममा जस्तै कथामाथि कथा बुनिएको म्युजिक भिडियोमा समाजमा अझै पनि प्रचलित कथित दलित र अन्य जाति बीचको भेदभावलाई उठान गरीएको छ।

कथित दलित युवा र माथिल्लो जातकी भनिएकी युवतीबीचको असफल प्रेमकथालाई निकै मार्मिक तरिकाले उतारिएको म्युजिक भिडियोको निर्देशन एलिन श्रेष्ठले गरेका छन्।

म्युजिक भिडियोमा ग्ल्यामर गायिकाको छवि बनाएकी इन्दिराले भावुक भूमिकामा सशक्त अभिनय गरेकी छन्। उनका साथमा कर्मा, कविता आले, विनोद भट्टराई मिश्री थापालगायतले अभिनय गरेका छन्।

म्युजिक भिडियोमा शिवराम श्रेष्ठको छायांकन तथा लोकेश बज्रचार्यको सम्पादन रहेको छ। गीतको भिडियोलाई स्वयं इन्दिराले नै निर्माण गरेकी हुन्।

 

प्रतिक्रिया दिनुहोस्