करेन्ट लागेर जङ्गली भालुको मृत्यु



गाईघाट ।

उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया–कटारी चुरेखण्डको जङ्गलमा हाइटेन्सन भोल्टेजको विद्युत तारको करेन्टका कारण जङ्गली भालुको मृत्यु भएको छ ।

डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको उक्त विद्युत तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा सोमबार चुरे जङ्गलमा एक भालुको मृत्यु भएको हो । डिभिजन वन त्रिवेणीका सहायक वन अधिकृत हीरालाल शर्माले मिर्चैयाबाट हाइटेन्सनको भोल्टेजबाट कटारी क्षेत्रमा विस्तार गरिएको विद्युतकाे तार चुरे जङगलका केही भाग र जमिनमा समेत प्रवाह हुने गरेका कारण सो क्षेत्रमा घुम्दै आएको जङ्गली भालु मृतावस्थामा भेटिएको बताउनुभयो ।

नाङ्गो तार र चिसो जमिन तथा हरियो रुख बिरुवा तारमा जोडिने गरेका कारण जङ्गल क्षेत्रमा विद्युत्को उचित व्यवस्थापन नहुँदा यस क्षेत्रमा यस्ता घटना पटक–पटक घटिसकेको सहायक वन अधिकृत शर्माले बताउनुभयो । समयमै सम्बन्धित निकाय र विद्युत प्राधिकरणले यस्ता समस्याको सामाधान नगरे अन्य घटना पनि घट्न सक्ने कटारी त्रिवेणीका स्यानीयवासी घनश्याम कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्