कोरोना महामारी बढेसँगै बेलायतमा पुनः लकडाउन



काठमाडौं । बेलायतमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउन घोषणा गर्नुभएको छ ।

लकडाउन घोषणासँगै मानिसहरुलाई घरमै रहन अपिल गरिएको छ । अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन उहाँले अपिल गर्नुभयो। बीबीसीका अनुसार बेलायतमा फेब्रुअरी महिनाको मध्यसम्म लकडाउन जारी रहने अनुमान गरिएको छ । प्रधानमन्त्री जोन्सनले देशवासीलाई सम्बोधन गर्दै भन्नुभयो , ‘जसरी संक्रमण बढ्दै गएको छ, यसबाट स्पष्ट भएको छ हामीले अझै धेरै मेहनत गर्नु पर्ने भएको छ ।

त्यसैले देशव्यापी लकडाउन लागु गर्नु पर्ने बताउनुभयो । देशभर स्थापना गरिएका खोप केन्द्रहरुबाट पाँच लाख भन्दा बढी खोप दिइने बेलायत सरकारले जनाएको छ । बेलायतमा कोरोना भाइरसविरुद्धको खोप अक्सफोर्ड-एस्ट्राजेनेका लगाउन सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्