अधिनायकवाद विरुद्ध युवाहरु एक हुने बेला आयो : काङ्ग्रेस नेता श्रेष्ठ



भूपराज बस्याल,स्याङ्जा ।

नेपाली काङ्ग्रेसका युवा नेता तथा तरुण बिभागका सचीव श्याम श्रेष्ठले अहिले सरकार अधिनायकवाद तर्फ उन्मुख भएको हुँदा देशको हितमा उभिने युवाहरु एक ठाउँमा हुनुपर्ने बताउनुभएको छ ।

सोमबार तरुण दल गल्याङ नगर कार्यसमितिको आयोजना गल्याङमा भएको कार्यक्रममा उहाँले युवाहरु पाटी भन्दापनि माथी उठेर राष्ट्रको हितमा सोच्ने बेला आएको बताउनुभयो । सरकारले चालेको हालको कदम संविधान बिपरित भएको भन्दै यसको बिरोधमा युवाहरुलाई एक हुन आग्रह गर्नुभएको हो ।

सरकारको गलत कदमको केहि झुन्डहरुले मात्रै समर्थन गरेको हुँदा ती युवाहरुलाई साच्चिकै राष्ट्रको हितमा सोच्न आग्रह गर्नुभएको हो । ूकेही युवाहरुले यो गलत कदमको बचाउ गर्न तिर लाग्नु भएको छ । उहाँहरुलाई आग्रह गर्न चाहन्छु देशनै नरहे कसरी देश बासी ।ू उहाँको भनाइ थियो ।

तरुण दल गल्याङ नगर कार्यसमितिका सभापति कृष्ण भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रम तरुणदल जिल्ला सचीव चन्द्र राना, महाधिवेशन प्रतिनिधि गुरु भट्टराई लगायतले बोल्नु भएको थियो भने कार्यक्रम संचालन राजेन्द्र भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्