मृत सागरस्थित फल्ट लाइनमा हलचल



जेरुसलम , एजेन्सी ।

इजरायलका वैज्ञानिकहरुलाई मृत सागरमा प्वाल खन्ने क्रममा शक्तिशाली भुकम्प आउने संकेट प्राप्त गरेका छन् । उनीहरुले फल्ट लाइनमा तनाव देखेको जसले आगामी बर्षमा यहाँ भुकम्प आउन सक्ने आशंका उत्पन्न भएको बताइएको छ ।
पृथ्वीको बाहिरी सतहमा टेक्टोनिक प्लेटमा हुने हलचलका कारण फल्ट लाईन बन्ने गर्छ ।

तेल अभिव युनिभर्सिटीको उक्त टोलीले भुकम्पका कारण सयौंका मृत्यु हुन सक्ने जनाएको छ । यद्यपी भुकम्प कहिले आउँछ भन्ने पत्ता लगाउन भन्न नसकिने बताइएको छ । भुकम्पको आउन सक्न सम्भावना थाहा पाउन सकेपछि अहिले सम्मको विज्ञानले भुकम्प निश्चित समयको पुर्वानुमान गर्न सकेको छैन । कुनै पनि स्थानको फल्ट लाइनमा हुने तनाव तथा टेक्टोनिक प्लेटमा हुने हलचलका कारण भुकम्प आउने गर्छ ।

टोलीका अनुसार यहा ६ दशमलव ५ रिक्टर स्केलको भुकम्प आउन सक्ने जसले कमजोर भवन भत्कने र बलिया भवनलाई पनि नोक्सान पुर्याउन सक्ने आशंका गरिएको छ । अनुसन्धानले हरेक १ सय २० देखि १ सय ५० बर्षको अन्तरालमा भुकम्प आउने गरेको छ तर यो १० बर्ष भित्रै पनि हुन सक्छ ।

पछिल्लो पटक ६ दशमलव २ रिक्टर स्केलको भुकम्प डेड सीमा सन् १९२७ मा आएको थियो जसमा ५ सय जनाको मृत्यु भइको थियो भने ७ सय भन्दा धेरै घाइते भएका थिए । यसको असर जोर्डन, जेरुसलम, बेथलेहम र जाफ्फमा देखिएको थियो । डेडसी सीरिया अफ्रिका रिफ्ट नजिकै पर्छ ।

प्रतिक्रिया दिनुहोस्