समाचार प्रभाव : पार्वती माझी परिवारमा पुनर्मिलन



सीताराम अधिकारी, धादिङ ।

धादिङबेसीको सडकबाट उद्धार गरि उषा श्रेष्ठको संरक्षणमा राखेर पारिवारिक पुनरमिलन गराइएकी सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर १२ भिमटावरकी ३५ वर्षीया पार्वती माझी परिवार पाएपछि खुसी हुनु भएको छ ।

जेठो छोरा १३ वर्षको छँदा घरबाट वेपत्ता हुनुभएकी पार्वती माझी काठमाडौँको तार्केश्वरमा रहेको नवजीवन परोपरोकार समाजले पुनर्मिलन गराइदिएको हो । परिवारले फर्केर आउलान भन्ने आस मारि सकेको अवस्थामा पारिवारिक पुनरमिलन गगराइएपछि माझी परिवारमा खुीयाली छाएको छ । पार्वती माझीलाई पुनरमिलन गराउन का लागि धादिङ जिल्ला नीलकण्ठ नगरपालिका १२ निवासी उषा श्रेष्ठ समेत पुग्नुभएको थियो ।

उहाँले ५ वर्षदेििख मानसिक अवस्था कमजोर भएको अवस्थामा उद्धार गरि औषधी उपचार समेत गरेर आफैँले पाल्दै आउनुभएको थियो । नवजिवन परोपकार समाजले उहाँलाई उद्धार गरेर आश्रम लगेको एक सातापछि परिवार खोजेर जिम्मा लगाइएको समाजका अध्यक्ष दुर्गानाथ दहालले बताउनुभएको छ ।

पार्वतीको उद्धार गरि घर ल्याउने काममा सहयोग गर्ने धादिङका होटल व्यवसायी श्रेष्ठ र काठमाडौँमा बेबारिसे तथा अन्य हिसावले दुःख पाएकालाई उद्धार गरि आफ्नै आश्रममै लगेर पालनपोषण गर्ने काममा लाग्नुभएका दाहाललाई पार्वतीको परिवारले आभार प्रकट गरेको थियो ।

अलपत्र पार्वती माझी अलपत्र परेको र परिवारको खोजि गरिरहेको सम्बन्धी समाचार ११ गते न्यूजअफनेपालमा प्रकाशन गरेको थियो । परिवारको खोजि गरेर पुनरमिलान गराउनका लागि पहल गर्न नवजिवन परोपकार समाजले १३ गते धादिङबाट उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्