खोटाङमा प्रथम सुन्तला महोत्सव सम्पन्न



खोटाङ । 

खोटाङको जन्तेढुंगा गाउँपालिकामा प्रथम सुन्तला महोत्सव सम्पन्न भएको छ । ‘कृषि र उत्पादन विकासको आधार, सुन्तला उत्पादन गरिबी निवारण पूर्वाधार’ भन्ने नारासहित दुई दिन सञ्चालन भएको महोत्सव आइतबार सम्पन्न भएको हो ।

जन्तेढुंगा गाउँपालिकाको घोर्लेमा उत्पादन हुने सुन्तलाको प्रचार–प्रसार गर्दै सुन्तला कृषकको प्रोत्साहनका लागि महोत्सवको आयोजना गरिएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर राईले बताउनुभयो ।महोत्सवमा सुन्तलाको जुस, सुन्तलाको वाइन, स्थानीय कलाकारको साथमा विविध सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।

विघटित संसदको सदस्य विशाल भट्टराईले उद्घाटन गर्नुभएको कार्यक्रममा साकेला शिली प्रदर्शन, लोकदोहोरी तथा नृत्य प्रतियोगीता, राई पुमाको धार्मिक तथा सांस्कृतिक वस्तुको प्रदर्शनी गरिएको आयोजकले जनाएको छ ।चिसापानीको घोर्ले जन्तेढुंगा गाउ“पालिकाको सुन्तला उत्पादन हुने प्रमुख क्षेत्र हो । घोर्लेबाट वार्षिक करोड बढीको सुन्तला निर्यात हुने गरेको छ ।

जन्तेढुंगा गाउ“पालिकाको मुख्य प्रायोजन, ग्रामीण विकास तथा अनुसन्धान केन्द्र, श्रृजनशील आमा समूह र तीनतले कोलाताङ सामुदायिक वन घोर्लेको सहप्रयोजनमा स्थानीय प्रगतिशील कृषक समूह र सिलिचोङ सांस्कृतिक परिवार घोर्लेको आयोजनामा सुन्तला महोत्सवको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्