क्याटवरीको डेरीमिल्क चकलेटमा भेटियो जिउँदो किरा (भिडियो)



काठमाडौं ।

बजारमा बहुराष्ट्रिय कम्पनी क्याटवरीका उत्पादन डेरीमिल्क र यसका चकलेटहरु लोकप्रिय मानिन्छ । तर ससाना बालबालिकादेखि सबै उमेरसम्मले मन पराउने डेरीमिल्कको सिल्क बबलमा नामक चकलेट भित्र किरा फेला परेको छ ।

काठमाडौं बत्तिसपुतलीका स्थानीय व्यवसायी सम्राट बुढाथोकीले किनेको क्याटवरी कम्पनीको उत्पादन डेरीमिल्क भित्र किरा भेटेका हुन् । शुक्रबार स्थानीय डिर्पाटमेन्ट स्टोरबाट छोराकालागी किनेर ल्याएको डेरीमिल्कको सिल्क बबल नामक चकलेट भित्र किरा भेटेको बुढाथोकी बताउँछन् ।

क्याटवरी कम्पनीको उत्पादन, सिल्क बबल नामक यस चकलेटको खोलमा उत्पादन मिति सन् २०२० अक्टोबर लेखिएको छ । अर्थात यो चकलेट केवल २ महिनाअघि उत्पादन भएको देखिन्छ । यसको बाहिरी खोल पनि राम्रो छ । तर खोल भित्रको चकलेट भने सडेको छ । त्यति मात्र होइन चकलेटभित्र जिउँदो किरा भेटिएको बुढाथोकी बताउँछन् ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्