मौसमी मल्ल ब्लकबस्टर क्विन



अभिनेत्री मौसमी मल्ल ब्लकबस्टर क्विन उपाधिबाट सम्मानित भएकी छिन्। ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न स्पर्श म्युजिक भिडियो अवार्ड–२०२० मा मौसमीलाई तीन दशकभन्दा लामो समयदेखि अभिनय र नृत्यका माध्यमले नेपाली फिल्मको क्षेत्रमा योगदान पु¥याएबापत ब्लकबस्टर क्विन उपाधिबाट सम्मानित गरिएको हो।

समारोहमा नृत्य निर्देशक कमल राईले तीन दशकभन्दा अघिदेखि मौसमीले नेपाली फिल्म क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै उनको जीवनमै पहिलोपटक सम्मान भइरहेको क्षणको साक्षी बस्न पाउँदा भावुक भएको बताए।

अभिनेत्री मल्लले नेपाली फिल्म क्षेत्रमै जीवन अर्पण गरे पनि पहिलोपटक यसरी सम्मानित हुन पाउँदा गौरवान्वित भएको बताइन्। ‘कामले म सधैं नम्बर वान नै रहें, तर फिल्म क्षेत्रले मलाई कहिले सम्झिएन। आज यसरी सम्मान गरिदिएकोमा म खुसी भएकी छुु।’ –अभिनेत्री मल्लले भनिन्।

समारोहमा अभिनेत्री मल्लले झुमा नामक फिल्मको गीतका लागि गरेको नृत्य प्रस्तुत गरेर सबैको वाहवाही पाइन्। कार्यक्रममा संगीतकार शिलाबहादुर मोक्तान र गायिका कुन्ति मोक्तानको दम्पतीलाई सदावहार सांगीतिक जोडीका रूपमा सम्मान गरियो। त्यसै गरी गोविन्द राईलाई पपुलर डाइरेक्टर, कमल राईलाई लिजेन्डरी कोरियोग्राफर, पत्रकार कृष्ण भट्टराईलाई बेस्ट इन्टरटेनमेन्ट जर्नालिस्टको अवार्ड प्रदान गरियो।

टच इन्टरटेन्मेन्ट, स्पर्श फिल्म्स र पेजेन्ट नेपाल इन्टरनेसनल मिडियाले शनिबार पहिलोपटक स्पर्श म्युजिक भिडियो अवार्ड–२०२० आयोजना गरेको हो। समारोहमा विभिन्न ५० विधामा अवार्ड प्रदान गरिएको थियो।

अभिनेताद्वय एसराज गराज तथा दिक्पाल कार्कीद्वारा सञ्चालित समारोहको आरम्भमा अभिनेत्री पवित्रा आचार्यले आकर्षक स्वागत नृत्य गरेकी थिइन्। कार्यक्रममा अभिनेताद्वय गराच तथा कार्की, अशोक विक, मनोज विकलगायतले पनि आप्mनो प्रस्तुति दिएका थिए। कार्यक्रममा हास्य अभिनेता गोपाल ढकाल छन्देले केही व्यंग्यात्मक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

समारोहमा मायालु तिमी कता छौबाट पल शाहलाई बेस्ट मोडल, मिलन चाम्सलाई बेस्ट म्युजिक भिडियो डाइरेक्टरको अवार्ड प्रदान गरियो भने फोटो फिरिममा बेस्ट म्युजिक भिडियो घोषित भएको छ।

जुरी र क्रिटिक अवार्डतर्पm मावन तामाङ थिङलाई इमर्जिङ मोडल, माया लामालाई बेस्ट इन्डिजिनियस मोडल, अपेक्षा शेरचनलाई बेस्ट किड मोडल, याङजोर कार्कीलाई बेस्ट डेब्यु मोडल, अभिषेक ओलीलाई बेस्ट डेब्यु मोडल, पवित्रा आचार्यलाई मोडल, आयुष अर्याललाई बेस्ट डेब्यु सिंगर मेल, रञ्जिता लिम्बुलाई बेस्ट डेब्यु सिंगर फिमेल, गोविन्दप्रसाद कँडेललाई बेस्ट लिरिसिस्ट, दिव्य सुवेदीलाई बेस्ट सिनेमाटोग्राफर, आदित्य बुढाथोकीलाई बेस्ट म्युजिक भिडियो डाइरेक्टर र तेलुजा खतिवडालाई बेस्ट मोडलको अवार्ड प्रदान गरियो। त्यसै गरी, मनोज बिक र सरिता खड्का बेस्ट इमर्जिङ कोरियोग्राफर, निरुता राई बेस्ट इमर्जिङ सिंगर, जोर्डन राजभण्डारी र प्रशंसा रायमाझी बेस्ट इमर्जिङ मोडल र प्रहिल कार्की बेस्ट इमर्जिङ डाइरेक्टर घोषित भएका छन्।

त्यस्तै, डा. सरोजकुमार यादव र समिता गिरी बेस्ट मोडल इन्डिजिनियस र थारू भाषाको गीतको भिडियो सोला शृंगार बेस्ट म्युजिक भिडियो भएको छ भने डेब्यु क्याटागोरीतर्पm आषिश कुमार रौनियार र रुबिष्का श्रेष्ठ बेस्ट मोडल डेब्यु, रुबेस बराइली बेस्ट मोडल डेब्यु, आदित्य बुढाथोकी र काव्या गुरुङ बेस्ट सिंगर डेब्यु र गोपाल ढकाल ‘छन्दे’ बेस्ट डाइरेक्टर भएका छन्।

त्यसै गरी अनु पराजुली बेस्ट मोडल, महेश महरा बेस्ट सिनेमाटोग्राफर, चित्र मास्के मगर बेस्ट डाइरेक्टर भएका छन् भने पप र मोर्डन क्याटागोरीतर्पm परिस्ना बास्तोला बेस्ट किड मोडल, दधि अधिकारी बेस्ट लिरिसिस्ट, अर्जुन बोसेल बेस्ट म्युजिक डाइरेक्टर, सपन राई र रानी शाक्य बेस्ट सिंगर, दिक्पाल कार्की र एलिजा गौतम पपुलर मोडल, प्रताप दास र तायाहाङ्मा राई पपुलर सिंगर तथा मुकेश हुमागाईं बेस्ट सिनेमाटोग्राफ भएका छन्।

प्रतिक्रिया दिनुहोस्