गेल अझै दुई विश्वकप खेल्ने तयारीमा



लन्डन, (एजेन्सी)

वेस्ट इन्डिजका दिग्गज ब्याटसम्यान क्रिस गेलले बताए कि उनको सन्न्यास लिने कुनै योजना छैन । गेलले बताए कि उनीसँग अझै ५ वर्षको क्रिकेट करियर बचेको छ । भारत र अस्टे«लियामा हुने टी २० विश्वकपपछि नै सन्न्यास लिने विचार गर्ने उनले बताएका छन् । ४१ वर्षीय गेल हाल अल्टिमेट क्रिकेट च्यालेन्ज (यँकेसी) प्रतियोगितामा व्यस्त छन् ।

गेलले भने—‘अहिले कुनै सन्न्यासको योजना छैन । मलाई लाग्छ कि अहिले पनि मसँग ५ वर्षको खेल्ने समय छ । ४५ वर्ष पहिले सन्न्यास लिने कुनै चान्स छैन । दुई वटा विश्वकप खेल्न सकिनेछ ।’

दुबईमा हुने युकेसीमा गेलसँगै भारतीय अलराउन्डर युवराज ंिसंह, इंग्ल्यान्डका कप्तान इयान मोर्गान, वेस्ट इन्डिजका ब्याटसम्यान आन्द्रे रसेल, केभिन पिटरसन र रासिद खानले सहभागिता जनाउनेछन् । यँकेसीमा १६ खेल खेलिनेछ । यो एक नयाँ तरिकाको प्रतियोगिता हो । यसमा एक खेलमै दुई खेलाडीले सामना गर्नेछन् ।

त्यस्तै, एक खेलमा १५–१५ बलको चार इनिङ हुनेछ । दुई खेलाडीको यो खेलमा एक खेलाडीले २÷२ इनिङ खेल्न पाउनेछन् । ४ इनिङ समाप्त भएपछि जो ब्याटसम्यानले धेरै रन बनाउनेछन्, उनै खेलाडी विजेता हुनेछन् । जित्ने खेलाडीलाई २ अंक पनि दिइनेछ ।

प्रतियोगिताबारे प्रश्न गरेकोमा गेलले भने– ‘मलाई लाग्छ यो अवधारणा लगभग नयाँ हो र रोमाञ्चक पनि छ । सामान्य क्रिकेटभन्दा यो अलग पनि हुनेछ । दर्शक यसमा रमाउने पनि छन् । यो एक इन्डोर खेल पनि हो । प्रतियोगितामा कैयौं नाम चलेका खेलाडीहरू छन् । जब यतिका नाम चलेका खेलाडी हुन्छन् भने दर्शक आफंै खेल हेर्न पनि आउने भन्ने मलाई लाग्छ ।’

 

 

प्रतिक्रिया दिनुहोस्