कोरोना भाइरस भन्दा घातक भाइरसको चपेटामा विश्व फस्न सक्छ : डब्ल्युएचओ



जेनेभा (एजेन्सी)

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार कोरोना भाइरसको महामारी सबै भन्दा भयानक होइन र यो भन्दा धेरै घातक भाइरसले विश्वलाई आफ्नो चेपेटामा लिन सक्छ । डब्ल्युएचओको आपतकालिन परियोजना प्रमुख डाक्टर माइक रायनले यो महामारीले विश्वलाई निन्द्राबाट जगाउने काम गरेको बताए ।

कोरोना भाइरसले विश्वभरी १८ लाख भन्दा धेरैको ज्यान लिएको छ । यसअघि स्पेनिस फ्लुलाई भिषण विश्व महामारी मानिएको थियो जसमा एक बर्ष भित्र ५ करोडको मृत्यु भएको थियो । सन्चार माध्यमसँगको कुराकानीमा डाक्टर रायनले यो महामारी अत्यन्तै गम्भिर र विश्वको हरेक कुनामा यसको असर रहेको तर यो नै सबैभन्दा ठुलो हुन पर्छ भन्ने नरहेको बताए ।

उनले भने , ‘यो ब्युझिने समय हो । अब विज्ञान, लजिस्टिक्स, तालिम र प्रशासनमा कसरी उन्नती गर्न सकिन्छ, कसरी सन्चार राम्रो पार्न सकिन्छ, हामी सिक्दै छौंं, तर हाम्रो ग्रह नाजुक छ । हामी एक जटिल वैश्विक समाजमा बस्छौं र यसमा खतरा भइ रहन्छ । ’

हामीले त्रासदीबाट मिलेर कसरी काम गर्न सक्छ भन्ने कुरा सिक्नुपर्छ । हामी राम्रो काम गरी त्यसलाई सम्मान दिनु पर्छ जुन हामीले गुमाइसकेका छौं , उनले थपे । अमेरिका र युरोपमा खोप आइसकेको छ तर भाइरस हाम्रो जिन्दगीको हिस्सा भइरहने सम्भावना धेरै भएको रायनले बताए ।

यो एक खतरनाक भाइरसका रुपमा रहने तर यसको खतरा कम हुँदै जाने पनि उनले बताए । खोपको प्रयोगबाट यसलाई कुन हदसम्म मेटाउन सकिन्छ त्यो हेर्नु पर्नेछ । खोप अत्यन्तै प्रभावकारी भएपनि पुर्ण रुपमा भाइरस र यसबाट हुने रोग यसले समाप्त पार्छ भन्ने ग्यारेन्टी नभएको उनले बताए । त्यसैले सबैभन्दा पहिला त्यसता ब्यक्तीहरुलाई खोप दिइएको छ जसलाई यसको खतरा धरै छ ।

यसअघिको भयानक महामारी

स्पेनिस फ्लुको सिकार धरैजसो युवा थिए र २० देखि ४० बर्ष उमेरका ब्यक्तीहरुको मृत्यु हुने आशंका त्यसमा धेरै थियो । यदि त्यसतै महामारी फेरी उत्पन्न भए भने पुरै वैश्विक सभ्यता ठप्प हुने छ र सबैभन्दा ठुलो खाद्य संकट आउने छ ।

खानाको कमीले दंगाहरु हुन थाल्छ जसले सरकार कमजोर हुने छ र विश्वभरी राजनितिक अस्थिरता उत्पन्न हुने छ । विश्वमा अहिलेसम्मको सबैभन्दा भयानक महामारी ब्ल्याक डेथलाई मानिएको छ जसले १३४७ देखि १३५१ बीच अफ्रिका, युरोप र एसियामा ७ करोड ५० लाख देखि २० करोडको ज्यान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्