सत्ता र पार्टी कब्जा गर्ने षडयन्त्र गरेकाले संसद विघटन बाध्यकारी परिस्थिती : महासचिव पौडेल



यमलाल भुसाल, बुटवल ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले पार्टी भित्रका केही महत्वकाक्षी नेतालाई साथ लिएर प्रचण्ड समूहले सत्ता र पार्टी कब्जा गर्ने यडयन्त्र गरेकाले संसद विघटन गर्नु परेको बताउनु भयो । ओली समुहको नेकपा रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा महासचिव पौडेलले शक्ति र सत्ताको लोभमा लाग्दा पार्टीमा अहिले संकट उत्पन्न भएको दावि गर्नु भयो ।

प्रचण्ड माधव समुहले महाधिवेशनबाट शक्तिशाली पार्टीको एकल अध्यक्ष बन्ने अवसर लत्याएर प्रधानमन्त्री र एकल अध्यक्ष बन्ने गलत बाटो रोजेको षडयन्त्र गरेकाले बाध्य भएर प्रधानमन्त्रीले संसद विघटन गर्न परेको महासचिव पौडेलले बताउनु भयो ।

महासचिव पौडेलले दुई नम्बरको अध्यक्ष बन्न किन हतारो गर्नुभयो, तपाईँले प्रधानमन्त्री ओलीमाथि लगाईका संघिन आरोप फिर्ता लिँदै भुल र कमजोरीलाई स्वीकार गरेर मुल घरमा फर्किनुहोस्, तपाईँहरूको स्थान खाली गराएको छौ उहाँको कथन थियो ।तिनिधिसभा विघटन प्रधानमन्त्री ओलीको बाध्यता रहेको भन्दै नेता पौडेलले अहिलेको अवस्था आउनुमा प्रचण्डले लगाएको संगीन आरोपको प्रतिफल रहेको टिप्पणी गर्नु भयो ।

प्रधानमन्त्री ओलीको अगाडि संविधान र लोकतन्त्रको रक्षाको लागि संसद विघटन गरेर जनादेशमा जानुबाहेक अर्को विकल्प नभएको महासचिव पौडेलको भनाई रहेको छ । महासचिव पौडेलले स्वतन्त्र न्यायपालिकाप्रति विश्वास गर्ने भन्दै सर्वोच्च अदालतले गर्ने निर्णय आफूहरूलाई स्वीकार हुने बताउदै प्रतिनिधिसभा पुनःस्र्थापना हुने कुनै सम्भावना नरहेको जिकिर समेत गर्नु भयो ।

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डका कारण पार्टी एकता संकटमा परेको दावि गर्नु भयो । प्रचण्डले केपी शर्मा ओलीमाथि लगाएको आरोप पत्र फिर्ता लिन तयार भएको भए संसद बिघटन हुने थिएन,यसको मुख्य जिम्मेवार प्रचण्ड नै भएको उहाँको ठहर रहेको छ ।

पोखरेलले प्रचण्डले सरकारविरुद्ध समान सत्ता चलाउन खोजेको र संसदलाई आफ्नो स्वार्थमा हिँडाउन खोजेकै कारणले संकट उत्पन्न भएको बताउनु भयो । उर्जामन्त्री तथा नेता टोपवहादुर रायमाझीले प्रचण्डले माओवादी जनयुद्धको विरासत धान्न नसकेको बताउदै पार्टी एकता गरेर अध्यक्ष वनाएका केपी ओलीको समुहकमा रहदा आफूहरुले लिगेसी छाडेको भनेर आरोप लगाउन कसरी मिल्छ भन्दै प्रश्न गर्नु भयो ।

हामी त प्रचण्डले सर्वसम्मत रुपमा पार्टी अध्यक्ष र प्रधानमन्त्री मानेका केपी ओलीसँगै छौं, उहाँ चाहिँ माधव नेपाललाई काखी च्यापेर पार्टी प्यालेसवाट टीका लाएर हिँड्नु भएको टिप्पणी गर्नु भयो । पार्टीका रुपन्देही अध्यक्ष शिवसुवेदीको अध्यक्षतामा भएको भेलालाई नेता छबिलाल विश्वकर्मा ,पुष्पान्जली उपाध्याय, प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ, दधिराम न्यौपाने लगायतका नेताहरुले सम्बोधन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्