सरकारी निकायको आलोचनापछि अर्वपति ज्याक मा गायब



बेइजिंग,(एजेन्सी) ।

चीन सरकारको आर्थिक नियमन प्रणालीको आलोचना गरेयता हप्तौं देखि सार्वजनिक नभएका चिनियाँ अर्वपति ज्याक मा अहिले आएर एउटा टेलिभिजन कार्यक्रमको निर्णायकको भुमिकाबाट पनि हराएका छन् । मा ‘ दि एप्रेन्टिस ’ शैलीको ‘ अफ्रिकाज बिजिनेस हिरोज ’ नामक उक्त कार्यक्रमको फाइनलमा अनुपस्थित रहेका छन् ।

यस कार्यक्रममा पुरुस्कार स्वरुप अफ्रिकी उद्यमीहरुलाई १५ लाख अमेरिकी डलर वरावरको धनराषिका लागि प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् । शुरुमा मालाई प्रतिस्पर्धिहरुको व्यापार योजना मुल्याँकन गर्ने निर्णायक टोलिमा संलग्न गराइएको थियो । तर आफैंले स्थापना गरेको इ–कमर्श कम्पनीका कार्यकारिणी अधिकारी मालाई नोभेम्वरको फाइनल कार्यक्रममा राखिएन ।

साथै निर्णायक मन्डलको वेवपेजबाट पनि उनको तस्वीर हटाइएको छ । फाइनान्सियल टाइम्स अखवारका अनुसार उनलाई प्रमोसनल भिडियोबाट पनि हटाइएको छ । फलस्वरुप फाइनल कार्यक्रमको प्रशारणमा पनि ढिलाई गरिएको छ । तर टाइम्सले अलिवावाका प्रवक्ताले समय नमिलेका कारण मा सो निर्णायक मन्डलमा रहन नसकेको बताएको पनि जनाएको छ ।

चीनको अत्यन्तै सफल उद्यमीहरु मध्ये एक माले गत अक्टोवरमा आर्थिक नियमन निकायहरु लगायत सरकारको स्वामित्वमा रहेका बैंकहरुको पनि आलोचना गरेका थिए । साँघाइ शहरमा एउटा कार्यक्रममा भाषण दिने क्रममा त्यसरी आलोचना गरेको एक साता पछि मा नै सहसंस्थापक रहेको वाषिज्य प्रविधि कम्पनी एन्ट ग्रुपलाई साँघाइ स्टक एक्सचेन्जले ३७ अर्व अमेरिकी डलर वरावरको सर्वसाधारणलाई सेयर निष्कासन गर्न रोक लगाएको थियो । त्यतिबेलादेखि नै मा सार्वजनिक स्थलमा देखा नपरेका हुन् ।

गत डिसेम्वरको उत्तरार्धमा चीन सरकारले आशंकित एकाधिकारवादी गतिविधिका लागि अलिवावा माथि अनुसन्धान गर्ने घोषणा गर्दै एन्ट ग्र्ुपलाई सरकारी नियमन निर्देशिको ढााचासंग मिल्ने गरी कार्यसंचालन विधिलार्ई नयाँ ढाँचामा ल्याउन आदेश दिएको थियो ।

अंग्रेजी भाषाका पुर्व शिक्षक माले सन् १९९९ मा स्थापना गरेको अलिवावा चीनकै सबैभन्दा ठूलो र सफल इकमर्श कम्पनी बनेको हो । उनले सन् २०१९ मा अलिवावाको अध्यक्ष पद त्यागे पनि अझै सम्म यस कम्पनीमा उनको ठूलो परिमाणमा सेयर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्