बाइडेनको चुनावी विजय रोक्ने अर्को प्रयास



वासिंगटन,(एजेन्सी) । 

अमेरिकी सिनेटरहरुको एक समुहले गत वर्षको नोभेम्वरमा सम्पन्न राष्ट्रपतिय चुनावको मतदानमा भएको धाँधली सम्बन्धमा अनुसन्धान गर्ने एक आयोग गठन नभएसम्म चुनावमा जोय बाइडेनको विजयलाई मान्यता दिन आफुहरुले अस्विकार गर्ने जनाएको छ ।

टेड क्रुजको नेतृत्वमा रहेको एघार जना सिनेटरको टोलिले धाँधलीको उक्त अनिश्चित आरोपहरु माथि छानविन गर्नका लागि बाइडेनको औपचारिक सत्ता ग्रहणलाई दस दिन पछि सार्न आग्रह गरेको छ । तर ६ जनवरीमा सिनेटमा हुने मतदानमा अधिकांश सिनेटरले बाइडेनलाई वैधानिकता दिन मतदान गर्ने अनुमान गरिएकाले तिनीहरुको बाइडेनलाई रोक्ने अन्तिम प्रयास पनि सफल नहुने देखिन्छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले वारम्वार बिना कुनै प्रमाण पेश गरेर चुनावमा धाँधली भएको आरोप लगाउँदै आफ्नो पराजय अस्विकार गर्दै आएका थिए । चुनावी परिणामलाई उल्टाउने ट्रम्पको कानुनी प्रयासलाई अदालतले बहुमतद्वारा अस्विकार गरिसकेको छ ।

तर उपराष्ट्रपति माइक पेन्सले चुनावी धाँधली सम्बन्धी ट्रम्पको आवाजमा साथ दिन छोडिसकेका छन् । तर शनिवार ट्रम्पका प्रमुख प्रशासकिय अधिकृत मार्क सोर्टले ६ जनवरीमा विधायकहरुद्वारा आपत्ति जनाउन लागेको पछिल्लो कदमको भने पेन्सले स्वागत गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्