प्रधानमन्त्री जोनसनका पिताले बेक्जिटपछि बेलायतमा बस्न चाहेनन्



लन्डन ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनका पिताले फ्रान्सको नागरिकताका लागि आवेदन दिएका छन् । ब्रेक्जिट सम्झौता टुंगिए लगत्तै प्रधानमन्त्री जोनसनका पिताको उक्त कदम बेलायतको फैसलाको विरोधमा चालिएको बताइएको छ । गत बुधबार बेलायतको संसदले युरोपेली युनियनसँग ब्रेक्जिट ब्यापार सन्धिलाई पारित गरेको थियो । त्यसपछि बोरिस जोनसन र महारानी एलिजोथ द्वितियले पनि त्यसमा हस्ताक्षर गरेको थियो ।

जोनसनका पिता स्टैनले जोनसनले विहिबार उनी आफ्नो फ्रान्सेली पहिचान पुन हासिल गर्ने प्रक्रियामा रहेको बताएका थिए । यो फ्रान्सली नागरिक बन्ने कुरा नै होइन, उनले भने । यदि मैले सही बुझेको हो भने म त फ्रेन्च हुँ । मेरी आमाको जन्म फ्रान्समा भएको थियो । उनकी आमा पुरै फ्रेन्च थिइन, जसको हजुरबुबा पनि फ्रेन्च नै थिए । मेरो लागि यो विषय त्यो कुरा हासिल गर्नु हो जुन म हुँ । स्टैन जोनसनले आफु सँधै युरोपली नै रहने बताउँदै भने , यो निश्चित हो कि तपाई मलाई बेलायति भन्न सक्नु हुन्न ।बोरिस जोनसनका पिता ८० बर्षका हुन र उनी पुर्व युरोपेली संसदका सदस्य पनि हुन् ।

उनले सन् २०१६ को जनमत संग्रहमा बेलायत युरोपेली संघसँग रहनेलाई समर्थन गरेका थिए । विहिबार अन्तराष्ट्रिय समय अनुसार राती ११ बजे बेलायतको युरोपेली संघसँगको आर्थिक सम्बन्ध टुटेपछि बेलायतका नागरिकको युरोपेली संघ अन्तर्गत आउने २७ देशमा बस्न र काम गर्न स्वत प्राप्त अधिकार समाप्त भएको छ । तर जोसँग दोहोरो नागरिकता छ, उनीहरुको यो अधिकार कायम रहनेछ ।ब्रेक्जिट अर्थात बेलायतको बहिर्गमन अर्थात बेलायत युरोपियन युनियनबाट अलग हुनु ।

बेलायतले एक बर्ष पहिला नै युरोपेली युनियनबाट बाहिरिएको घोषणा गरेको थियो । सन् २०१६ मा बेलायतमा युरोपेली युनियनबाट बाहिरिने मुद्दामा जनमत संग्रह भएको थियो । जसमा नागरिकले ब्रेक्जिटको समर्थनमा बहुमत दिएको थियो । त्यसै कारण तात्कालिन डविड क्यामरुन सरकारलाई राजिनामा दिनु परेको थियो । पुर्व प्रधानमन्त्री थेरेसा मेको कार्यकालमा पनि कयौं पटक बे्रक्जिट ब्यापार सम्झौतालाई लिएर वार्ता भएको थियो । तर सम्झौता हुन सकेको थिएन । त्यसपछि बोरिस जोनसनको कार्यकालमा अन्तत युरोपेली युनियनसँग सहमति बनेको थियो ।

कसरी बन्यो युरोपेली संघ

द्वितीय विश्व युद्ध समाप्त भएपछि युद्धमा सहभागी सबै देशले नोक्सान ब्यहोर्नु परेको थियो । यो युद्ध समाप्त भएको पाँच बर्ष पछि फ्रान्स र जर्मनीले एक सन्धि गरेको थियो, जसमा दुई देशले एक अर्का सँग अब कुनै युद्ध नगर्ने उल्लेख गरिएको थियो । यो योजना अन्तर्गत ६ देशले सन् १९५० मा एक सम्झौतामा हस्ताक्षर गरे । त्यसको सात बर्षपछि रोममा एक सन्धि भयो । त्यसपछि युरोपेली आर्थिक समुदाय (ईसीसी)को गठन गरियो । यही युरोपेली आर्थिक समुदाय नै आजको युरोपियन युनियनको रुपमा चिनिन्छ । सन् १९७३ को सुरुवाटमा तीन नयाँ देश यस समुहमा समावेश भएको थियो, जसमा एक देश बेलायत थियो । बर्तमा ईयूमा २७ राष्ट्र सदस्य छन् र यहाँको कुल आवादी करिब ५० करोड छ ।

प्रतिक्रिया दिनुहोस्