बिना प्रमाण हिलो छ्याप्नेको औकात देखाउनु नपरोस: मन्त्री आलेमगर



विमल विष्ट , डोटी  ।

नेपाल सरकारका संघीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेमगरले पछिल्लो समय आफुमाथी अनाहकमा आरोप लगाउनेका बिरुद्ध खरो भएर उत्रिने बताउनुभयो । बिना प्रमाण कसैको चरित्र गर्न कानुनी अपराध हुँने भएकाले त्यस्ता बिना प्रमाणका कुरा हरु नगर्न समेत उहाँले सबैमा आग्रह गर्नु भएको हो ।

आफ्नै निवासमा पत्रकारहरुसँग कुरा कानी गर्दै वन तथा वातावरण मन्त्री आलेमगरले मेरा विषयमा पछिल्लो समय अनावस्यक तथा विना प्रमाणका टिकाटिप्प्णी भइरहेकाले त्यो आफुलाई असहिय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बोद्धिक स्तरका नेताहरुले बिना प्रमाणका कुरा बोल्नु गलत हो, प्रमाण छ भने पेश गर्नुस, होइन भने नानाथरीका कुरा बोलेर केही साध्य छैन् ।”पत्रकारसँगकै कुराकानीमा वन तथा वातावरण मन्त्री आलेमगरले बिना प्रमाण हिलो छ्याप्नेको औकात आफुले पनि देखाउन बाध्य हुने बताउनुभयो ।

“आफु गलत गर्ने अरुलाई आरोप लगाउने, उहाँले थप भन्नुभयो, “गैरकानुनी काम गर्ने तथा बिभिन्न भ्रष्ट्राचार काण्डमा मुछिएका बरिष्ठ भनाउदाको बिबरण सार्वजनिक गर्न नपरोस ।” प्रेम आलेमगरले बिकासका काम गर्ने भयो र आफ्नो राजनिती सकिने भयो भन्दै केही आफ्नै पूर्व पार्टीका नेताहरु अहिले हाफुलाई हुँदै नभएका आरोप लगाउदै हिड्न थालेकाले त्यस्ता हावादारी कुरा नगर्न र त्यस्ता कुराका पछि नलाग्न समेत उहाँले सबैमा आग्रह गर्नु भएको छ । विकासको नाममा सिन्को समेत नभाच्ने अनि अरुलाई भए नभएका आरोप लगाउनेका ठूला भनाउदा नेताका विषयमा नेपाली जनताले राम्रोसँग बुझि सकेकाले त्यस्ता आरोपीको पछि लागेर आफुले समय खेर नफाल्ने समेत उहाँले जानकारी दिनुभयो ।“

को गलत हो, को सहि हो जनताले बुझि सकेका छन्, हावादारीको पछि लागेर म समय खेर फाल्दिन”, उहाँले भन्नुभयो, “जनाको विकास गर्न लाग्नुस, हावा कुरो गरेर समय नबिताउनुस, नत्र पछि पश्ताउनु पर्ला ।” पत्रकारहरुसँगकै कुराकानीमा मन्त्री आलेमगरले कैलालीको सहजपुरदेखि डोटीको बागछेडा सम्म जोड्ने बोगटान सडक तोकिएको समयमै सम्पन्न हुने समेत बताउनुभयो । उहाँले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु भएको बोगटान सडक तोकएको समयमै सम्पन्न हुन्छ, वनका कारण रुख काट्न नपाएर रोकिएको काम क्वाबिनेटमा लगेर बाधा अवरोध खुलाइने छ ।

तिब्र रुपमा विकास गर्ने योजना र लक्ष अनुसार आफुहरु अगाडी बढीरहेकाले वन तथा वातावरण मन्त्रालयका कारण देश भरीमा रोकिएका ठूला योजनाका आइए, इआइएका कामहरु अब नरोकिने जानकारी दिनुभयो । “बृहत तथा ठूला योजनाका कामहरु कुनैपनि हालतमा राकिने छैन, बाधा व्यवधान भएका ठाउँमा सहमती अनुसार सहज बनाइ योजना सम्पन्न गरिने छ”, उहाँले भन्नुभयो । सम्माननीय प्रधानमन्त्री ज्युले बिस्वासका साथ मन्त्री पदको जिम्मेवारी दिनु भएकाले आफुले जिम्मेवारीमा रहदा सम्म कुनैपनि आच आउने काम नगर्ने तथा आफ्ना कारणले प्रधानमन्त्री सहित देश भरीका नागरिकको सिर झुकाउने काम कहिले नगर्ने बचन बद्धता समेत व्यक्त गर्नु भयो । यसैगरी मन्त्री आलेमगरले घरमा फुट गरेर सडकमा जानु भएका नेकपाका नेताहरुलाई पार्टीमै पुनः फर्किएर एक ढिक्का भएर लाग्न समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्