शेयर बजारको पुँजीकरण २८ खर्बमाथि सन् २०२० मा नेप्से ९२१ अंकले बढ्यो



काठमाडौं  ।

अर्थतन्त्रका अधिकांश सूचक ऋणात्मक भएको वर्ष सन् २०२० नेपालको शेयरका निम्ति भने यो सुखद् हु“दा ऐतिहासिक रेकर्ड कायम भएको छ । एक वर्षको अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९२१ दशमलव २४ अंक अर्थात ७९ प्रतिशतले बढेर उच्चतम् बिन्दुमा पुगेको छ । सन् २०१९ को अन्तिम कारोबार दिन नेप्से ११६६ दशमलव शून्य ४ बिन्दुमा रहेकोमा सन् २०२० को अन्तिम कारोबार दिन नेप्से २०८७ दशमलव २८ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा रहेको बेला शेयर बजारको कुल पु“जीकरण २८ खर्ब ८ अर्ब ७४ करोड ८० लाख रुपिया“ पुगेको छ । सन् २०२० को अन्तिम सातामात्रै बजार पु“जीकरण ६६ अर्ब ५६ करोड ९० लाख रुपिया“ले बढेको छ ।एक वर्षको अवधिमा हिमालयन डिस्टिलरी, साल्ट ट्रेडिङ कर्पाेरेसन, नागारिक लगानी कोष, शिवम् सिमेन्ट, मन्जुश्री फाइनान्स, नेको इन्स्योरेन्स, एनआईसी एसिया बैंक, अपि पावर, सिभिल लघुवित्त र मिथिला लघुवित्त वित्तीय संस्थालगायतका कम्पनीका लगानीकर्ताहरू कम्पनीको शेयर मूल्यवृद्धि (प्रतिशतका आधारमा) धेरै कमाउनेको सूचीमा अग्रस्थानम रहेका छन् ।

हिमालयन डिस्टिलरीको शेयरमूल्य ३२० प्रतिशत, साल्ट ट्रेडिङ कम्पनीको शेयरमूल्य २९२ दशमलव ७६ प्रतिशत, नागारिक लगानी कोषको शेयर मूल्य २४८ दशमलव ४ प्रतिशत, शिवम् सिमेन्टको शेयर मूल्य २३२ दशमलव ११ प्रतिशत, मन्जुश्री फाइनान्सको शेयर मूल्य १९१ दशमलव ९ प्रतिशत, नेको इन्सयोरेन्सको शेयर मूल्य १७९ दशमलव ३८ प्रतिशत, एनआईसी एसिया बैंकको शेयर मूल्य १५७ दशमलव २५ प्रतिशत, अपि पावर कम्पनीको शेयर मूल्य १५६ दशमलव ८७ प्रतिशत, सिभिल लघुवित्तको शेयर मूल्य १५३ दशमलव ८२ प्रतिशत र मिथिला लघुवित्तको शेयरमूल्य १५० दशमलव ९१ प्रतिशतले बढेको छ ।

शेयर बजारमा उच्च प्रभाव पार्ने बैंकिङ समूहमा एनआईसी एसियापछि नबिल बैंकको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सो बैंकको शेयर मूल्य ११५ दशमलव ६४ प्रतिशतले बढेको छ । त्यसबाहेक नेपाल क्रेडिट एन्ड कमर्स बैंक, प्राइम कमर्सियल, प्रभु, एभरेष्ट, सिटिजन्स, कुमारी र लक्ष्मी बैंकका लगानीकर्ताहरूले प्रतिशतका आधारमा अन्य बैंकका लगानीकर्ताको तुलनामा बढी कमाएका छन् । यो साता नेप्से ऐतिहासिक बिन्दुमा पुग्दा कारोबार रकम र शेयर कित्ता भने घटेको छ । अघिल्लो साता ३४ अर्ब ७१ करोड ९० लाख रुपिया“मा ६ करोड १० लाख २८ हजार कित्ता शेयर किनबेच भएकोमा यो साता २२ अर्ब ७६ करोड १६ लाख रुपिया“मा ४ करोड ५१ लाख २७ हजार कित्ता शेयर किनबेच भएको छ ।

साताको पहिलो दिन ३९ दशमलव ९८ अंकले घटेको नेप्से बा“की ४ दिन भने लगातार बढेको छ । दोस्रो दिन ८ दशमलव ५७ अंक, तेस्रो दिन ५ दशमलव ५७ अंक, चौथो दिन ४९ दशमलव १७ अंक र पा“चौं दिन २५ दशमलव २१ अंकले बढेस“गै मंसिर १७ गतेको २०७१ दशमलव १२ बिन्दुको रेकर्डलाई पार गरी नेप्से २०८७ दशमलव २८ बिन्दुमा पुगेको हो । त्यस्तै गत साताको तुलनामा ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ८२ अंकले बढेर ३९८ दशमलव ७० विन्दुमा पुगेको छ । यो साता अधिकांश कम्पनीले लाभांश सुरक्षित गर्ने अन्तिम म्याद भएकाले बजारमा खरिद चाप बढ्दा बजारमा सकारात्मक प्रभाव परेको विश्लेषकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्