समृद्धि



“समृद्धि !समृद्धि!!”कोहि चिच्याउँदै थिए
कोलाहलबाट जसोत सो निस्किएँ

आडैमाथियो भर्खरै बनेको नयाँ गेट
यसले छेकेर नभएको हो कि भेट
भनिगएँ अलिपर भेटिन तिमीलाई तर

नाममात्रैको समृद्धिथाहा थेन थर
यहिँकतै होलीन् समृद्धि भेट्छु भनेको
डाँडै ढाकिने गरी रैछमूर्ति बनेको
नजरसँगै थियो पाइलाले रफ्तार लिएको
देखें भ्यू टावर अघिठिङ्ग उभिएको

चढेंयसमा तिमीलाई भेट्ने झिनो आशमा
के रैछ समृद्धिबल्ल थाहाँ पाएँ खासमा
लोटाबोकेर जंगलतिर छिर्दै थियो समृद्धि
घाँसको भारीसँगै तुइनमाभिड्दै थियो

समृद्धि मलाई भ्यू टावरले त्यति बेला केही भन्दै थियो
आँखा भएटिलपिल मन साह्रै भक्कानियो
“दुःखी छु म नदी किनारालाई जोड्न सकिन

साेंच्दैछु मेरो औचित्य के ? म यहाँकिन?
बरु घर–घरमै ट्वाइलेट बनेर बस्न मन थियो
दुर्दशा देख्नलाई दैवले यो के बनाइदियो ?”

प्रकाशकुमार सिग्देल

प्रतिक्रिया दिनुहोस्