प्रेस तथा नागरिक अधिकारको रक्षार्थ महासंघ सशक्त रहने, महासचिव विष्ट



घनश्याम बगाले , नवलपरासी ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा महांसंघ सशक्त ढंगले लागि रहने बताउनु भएको छ । विष्टले सो कुरा शनिबार नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासी शाखाको प्रथम साधारण सभा उद्घाटन सत्रलाई सम्बोधन गर्दै बताउनु भएको हो ।

लोकतान्त्रिक प्रकृयाबाट आएको सरकारलाई अहिले यति धेरै अविश्वास गरिहाल्ने अवस्था नरहेको बताउदै महासंघले वर्तमान घटनाक्रमलाई नजिकबाट नियाली रहेको महासचिव विष्टले बताउनु भयो ।वहांले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि नेपाल पत्रकारा महासंघको सवै शक्ति केन्द्रित रहने बताउनु भयो ।

सोही अवसरमा नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री तिमिल्सिनाले प्रधानमन्त्रीले चुनावको मिति तोकेर चुपचाप वसेको देख्दा कतै चुनाव नगर्ने त होईन भन्ने जनतामा आशंका बढेको बताउनु भयो ।वहांले खवरदारी गदै नेपालको प्रेस तोकिएकै समयमा निर्वाचन हुनु पर्छ र राजनैतिक दलहरुले चुनावमा भागलिई संविधानको रक्षा गर्दै लोकतन्त्रलाई सिस्टममा ल्याउनु पर्ने धारणा राख्नु भयो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासी सविंधानत जिल्ला विभाजित हुदा २०७५ सालबाट पूर्व र पश्चिममा बाडिएको छ । यसैवीच नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासीको प्रथम साधारण सभाले सांगठनिक प्रतिवेदनहरु संसोधन सहित पास गरेको छ । नेपाल पत्रकार महासंघको पूर्वी शाखामा १ सय ११ साधारण सदस्य रहेकाछन् ।

साधारण सभामा २० वर्ष भन्दा बढी समय देखि क्रियाशिल पत्रकारिता गरेका ७ जना सहित जिल्लामा क्रियाशील अन्य ४ संचारकर्मीहरुलाई सम्मानित गरिएको थियो ।जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रतिनिधि, प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखहरु, पत्रकार महासंघका केन्द्रीय तथा प्रदेश समिति पदाधिकारी सहित साधारण सभामा स्थानीय पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्